आइतबार, १८ मे २०२५

अमेरिकामा यात्रुवाहक विमान र सेनाको हेलिकप्टरमा आकाशमै जुधेपछि…

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डिसी

News Image
• • •

अमेरिकाको वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थल नजिकै यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोकिएका छन्।

अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एअरलाइन्सको यात्रुवाहक विमान हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको बीबीसीले उल्लेख गरेको छ।

क्यान्सास राज्यको विचिटाबाट आएको विमान स्थानीय समयानुसार रातको ९ बजेतिर दुर्घटना भएर पोटोम्याक नदीमा खसेको थियो। विमानमा चालक दलका ४ सहित ६४ यात्रु सवार थिए।

दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको 'ब्ल्याक हक' भएको बीबीसीले स्रोतलाई उदृत गर्दै भनेको छ। हेलिकप्टरमा तीन सैनिक सवार थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?