सोमबार, ३० जुन २०२५

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छुः प्रचण्ड

News Image
• • •

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
 
उनले भने, ‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं। अझै गरिराखेको छु। रास्वपाको साथीहरूले एकदिन सबै कुरा बुझ्नुहुन्छ।’

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?