शुक्रबार, १३ जुन २०२५

अपडेटः एअर इण्डियाको विमान दुर्घटनास्थलबाट १०० शव निकालियो…

News Image
• • •

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानबाट १०० बढी शव निकालिएको भाष्कर डटकमले जनाएको छ।

२३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्र्यास भएको थियो।

सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयमै विमान जमिनमा खसेको थियो। दुर्घटना अहमदाबादको मेघानी नगर क्षेत्रमा भएको बताइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?