बिएल संवाददाता
काठमाडौँ
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसँगको गठबन्धन तोड्दै एमाले–रास्वपासँग नयाँ गठबन्धन गरेपछि राजनीति ग्रम भएको छ।
सोमबार नै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार रास्वपा, एमाले र माओवादीसहित एक–एक गरी तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन्।
तर अब मन्त्रालय भागबण्डामा दलहरुबीच कुरा मिल्न सकेको छैन। विशेष गरेर गृहमन्त्रालय माओवादीलाई कि रास्वापलाई भन्ने दुई दलबीच रस्साकस्सी चलिरहेको छ।
यसैअवस्थामा रास्वापाका सभापति रवि लामिछानेलाई काँग्रेसले प्रधानमन्त्रीको अफर गरेको हल्ला फैलिएपछि काँग्रेसी नेताहरु अचम्ममा परेका छन्।
प्रधानमन्त्रीको अफरकाबारे काँग्रेसका शिर्ष नेताहरु नै स्विकार गर्दैनन्। गगन थापा पक्षका एक केन्द्रीय सदस्य अफरकाबारेमा भन्छन्– ‘त्यस्तो हुनै सक्दैन।’
ती केन्द्रीय सदस्य नयाँ सत्ता गठबन्धनमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री नपाएको झोकमा त्यस्तो हल्ला फैलाएको हुन सक्ने आरोप लगाए।
काँग्रेस स्रोतकाअनुसार बरु रवि लामिछानेले गगन थापालाई सम्पर्क गर्न खोजेको र थापाले कुरासमेत गर्न नखोजेको बताइएको छ। रविले आफु निकट महामन्त्री मुकुल ढकालमार्फत गगनसँग सम्पर्क गर्न खोजेको स्रोतले बतायो।
लामिछानेले उपप्रधानसहित गृहमन्त्री पाउन अहिले एमाअध्यक्ष केपी ओली निवास बालकोटदेखि प्रधानमन्त्री निवास बालुवाटारसँग धाइरहेका छन्।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले रविलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिन नसकिने स्विको पाएपछि रवि मुकल ढकालमार्फत काँग्रेससँग कुरा गर्न पठाएका छन्।
उनले काँग्रेसँग कुरा गर्नमात्र होइन रास्वापाको पार्टी कार्यालय घण्टी घरबाट मिथ्या समाचार फैलाएपछि उनकै पार्टीका नेताहरु असन्तुष्ट भएका छन्।
रास्वपाएका एक केन्द्रीय सदस्य काँग्रेसबाट अफरका विषय जानकारी नभएको बताए। उनले अहिले नै अफरका विषय हुन नसक्ने भन्दै त्यस किसिमको गतिविधि गर्न नहुने पनि बताए।
काँग्रेससभापति सेरबहादुर निकट एक केन्द्रीय सदस्यले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर सोच्न पनि नसकिने बताए। ‘रवि लामिछानेलाई नेपाली काँग्रेसले पहिले पनि पत्याएको होइन र अहिले पनि पत्याउने कुरै भएन,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँलाई खै कुन कँग्रेसले आफर गर्यो थाहा छैन। हेर्नुस नेपाली काँग्रेसले सहकारी मन्त्री पनि दिन सक्दैन उहाँलाई केको प्रधानमन्त्रीको अफर गर्नु।’
उनले प्रधानमन्त्री बन्ने भोक रविलाई लागेको र अहिले गृहमन्त्री नपाउने झोकमा प्रधानमन्त्रीको हल्ला मच्चाइरहेको बताए।