बिएल संवाददाता
काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान उडेका छन्। उनी अजरबैजानकाे बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन लागेका हुन्। राष्ट्रपति पौडेललाई विदाई गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।