शनिबार, १६ नोभेम्बर २०२४

कालीकोट दुर्घटना: मृतककाे परिचय खुल्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे। 

मृत्यु हुनेमा जिप चालक सल्यान सारदा नगरपालिका १४ का  ५१ वर्षीय धनीराम रावत, पलाँता गाउँपालिका ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही,  पलाँता ५ का छाँया शाही र पलाँता ३ का ६ वर्षीय बालक दमन रोकाया रहेका छन्। 

चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे भने अन्य ६ जनाकाे भने घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जानकारी दिएकाे छ। 

दुर्घटनामा घाइते भएका १३ जनाकाे हेलिकप्टरबाट उद्धार गरी सुर्खेतमा उपचार भइरहेकाे छ। 

पलाँता गाउँपालिका ५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जिप दुर्घटनामा परी सडकदेखि ५०० मिटर तल खसेकाे थियाे। जिपमा सिट संख्या भन्दा धेरै यात्रु बाक्दा दुर्घटना भएकाे अनुमान गरिएकाे छ। 

जिपमा २० जना सवार थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?