शनिबार, १६ नोभेम्बर २०२४

अख्तियारको ऐन संशोधनबारे समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसका लागि समितिले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बोलाएको छ। 

यो ऐनको कार्यक्षेत्र र अधिकार विस्तार गर्ने बुँदाहरूमा विवाद चुलिएको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?