आइतबार, १७ नोभेम्बर २०२४

माओवादीले भन्याे- फेरि वामपन्थी एकताको अध्याय सुरू भयो

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई समेट्ने माओवादीको निर्णय

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

कांग्रेस–माओवादीको सत्ता गठबन्धन भत्किएपछि सभापति लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन्। स्रोतका अनुसार ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेको सहमतिमा फेरि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक २४ गतेसम्मका लागि स्थगित

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक स्थगित हुने, सभामुख छलफलमा

बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परेपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग संवाद गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दलकाे बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा सरकारमा जानेबारे अनिर्णित

सरकारका विषयमा राप्रपाले हालसम्म कुनै निर्णय नलिएकाे प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। 'अध्यक्ष अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको भन्नुहुन्छ,' उनले भने, 'हालसम्म राप्रपाको बैठक बसेको छैन।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि पहल थालेका छौँ: प्रधानमन्त्री प्रचण्ड

सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजै सरकार परिवर्तन र सानाे आकारकाे मन्त्री परिषद् बन्दै- पाण्डे

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने र सानाे आकारकाे मन्त्री परिषद् बन्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गर्मिलाे राजनीतिक परिस्थिति सम्हाल्ने र सबै निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिको सबै निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालकाेट बैठक सकेर बालुवाटार जाँदै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी सचिवालय बैठक जारी

नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक बसिरहेको छ। समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाइएकाे जनाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा पनि छलफलमा जुट्याे

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ। संक्रमणकालिन न्याय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाका नवनिर्वाचित सांसदकाे सपथ ग्रहण आज, काे-काे हुँदैछन् इन-आउट? (सूचीसहित)

गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदैछन। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नै घरमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली बालुवाटारमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कानुन निर्माणमा सांसदको भूमिका कमजोर देखिएकै हो’

संसदीय व्यवस्थाको सभामुखीय भूमिकामा नयाँ व्यक्ति आउनु हुँदा पनि संसद्का गतिविधिमा केही प्रभाव पर्छ। यसकारण जति विधेयक संसद्मा आउनुपर्ने थियो, जसरी पास हुनुपर्थ्याे त्यो नभएकै हो। कानुन निर्माणमा सांसदको भूमिका पनि कमजोर देखिएकै हो। तर, अहिले कार्यतालिका नै बनाएर संसद्का गतिविधि अघि बढिरहेका छन्। सरकारले पनि आफ्नो तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं