आइतबार, १७ नोभेम्बर २०२४

माओवादीको बैठक स्थगित

शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले रूपान्तरण कार्यक्रममा खटिने तीन नेतालाई उत्कृष्ट घोषणा गर्दै

केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा बस्ने उक्त बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिने सदस्यलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम रहेको जनाइएको छ। जसअनुसार तीन-तीन जना उत्कृष्ट र तीन-तीन जना कारबाहीमा पर्ने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिन्दुराष्ट्र एजेण्डा पास नहुँदा गजेन्द्र हमालको राजनीमा

पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजनीनामा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के होलान् काँग्रेसीले ‘हिन्दुराष्ट्र’का लागि छोडिगएका हजार ‘सहिछाप’हरू

सबै धर्मको सम्मानस्वरुप संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रलाई ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने विषय चर्चामय रह्यो। बैठकको अन्तिम दिन बिहीबार ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने माग गर्दै महासमिति बैठकमा प्रस्ताव नै पेश भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी बैठकमा के-के कुरा र निर्णय भए?

नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सकियो काँग्रेस महासमिति बैठक: गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय, अबका चुनाव एक्लै लड्ने 

बैठकले उनीसहित अरु चारजना पदाधिकारीले पेश गरेको प्रस्ताव पनि पारित गरेको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन र नेता डा प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महासमितिमा नेता चौधरीले भने- अहिले संगठन निर्माणमा केन्द्रित बनौँ, गठबन्धनको कुरा गर्ने समय हैन  

उनले २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउगुजी बनाएको समेत बताए। नेता चौधरीले अहिले संगठन निर्माण गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठकमा पेश भएका ४ प्रस्ताव सर्वसम्मत पारित

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा

हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ। शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठक: १ हजार ६३ जनाकाे हस्ताक्षरसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

काँग्रेस महासमिति: ‘जस’ लिने सकस

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारासहित चलिरहेको नेपाली काँग्रेसको महासमिति बैठकले पार्टीको नीतिमा के परिवर्तन गर्न खोजेको छ र के फेरबदल हुने हो भन्ने विषय ठोस कुरा हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ माओवादीको स्थायी समिति बैठककाे एजेण्डा

पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गठबन्धन सरकारले अर्थतन्त्रको सुधार र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्न सकेन’

वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रको सुधार र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै पूर्वमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी मामिला, ललिता निवास जग्गा प्रकरण, सुन तस्करीका घटनामा भएका छानबिनमा पूर्ण सफलता हासिल गर्न नसकिएको जिकिर गरे। यद्यपि उनले सुशासन कायम गर्न सरकारले गरेका प्रयासको सराहना गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस महासमिति बैठक : छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले  जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस महासमिति बैठकः आज कसले के-के भने?

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

एमाले बैठकमा उठ्याे नेता-कार्यकर्तालाई कडा अनुशासनमा राख्नुपर्ने आवाज

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

४० बुँदे माग राखेर राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल जारी

उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाका समेटिएको कार्ययोजनासहित पेस गरिएको प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल भइरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं