आइतबार, १७ नोभेम्बर २०२४

माओवादीले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने बताएका हुन्। अधिवेशनमा समूहगत छलफलका क्रममा सहभागी पदाधिकारीहरूले पार्टीको नाम र चुनाव चिह्न सुझाव दिएका थिए। तर  प्रचण्डले अहिले पार्टीको नाम र चिह्न फेर्न नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले प्रत्यक्ष निर्वाचनबाट सदस्यहरु चुन्ने, केन्द्रीय समिति १९९ सदस्यीय बनाउने

मंगलबारदेखि काठमाडाैँ जारी माओवादीकाे विधान अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाटै सदस्यहरु चुनिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन (पूर्णपाठसहित)

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यतालगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापाले पेस गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन र २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका गर्ने कार्यतालिका पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठक: विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी विधान अधिवेशन: सुझाव संकलन सुरू, प्रचण्डले जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले सङ्गठन विस्तारका लागि नेताहरूलाई दियाे जिम्मेवारी

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता -

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बलियो राष्ट्रिय शक्ति आवश्यक छः अध्यक्ष ओली

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे। उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले ९ फागुनमा काठमाडौँमा प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

फागुन ९ गते राप्रपाले काठमाडौँमा प्रदर्शनसमेत गर्नेछ। सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

माओवादी विधान अधिवेशन: पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव

ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताए। यसैगरी हरिराज अधिकारी चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारप्रति नागरिककाे गुनासो धेरै बढ्यो: गगन थापा

उनले भने, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माणलगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

माओवादीकाे प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः ओली

मानव अधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन  गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीले प्रश्न- टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ‌ओलीले आपत्ति जनाए। 'टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’, ओलीले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे अपिल- माओवादी युद्धका सहयात्रीहरु एकताबद्ध हाैँ, ढिलो नगरौँ

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु। ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरु आउनुहोस्। यो मोर्चालाई एकताबद्ध गरौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले बिदा देओस् नदेओस् क्रान्तिकारीहरुले जनयुद्ध दिवस मनाउँछन्- गृहमन्त्री

काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ: प्रधानमन्त्री प्रचण्ड

‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ