आइतबार, १७ नोभेम्बर २०२४

आजबाट कांग्रेस महासमिति बैठक

आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

समाजवादी अभिभारा पूरा गर्न ‘फुटेका माओवादीहरू जुट्नु’काे विकल्प छैनः मैनाली 

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, बेपत्ता परिवार र घाइतेहरूको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरूसँग आग्रह गरेका छन्। आइतबार नेकपा विप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष मैनालीले सबै धाराका माओवादी मिलेर उपलब्धिको रक्षा गनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेतालाई ४ करोड बढी जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुद्रण कोषका कार्यकारी निर्देशक बर्खास्त, दूरसञ्चार र आयल निगमको प्रमुखमा नयाँ नियुक्ति

सरकारले सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ। उनीमाथि अमेरिकाको आवासीय अनुमति लिएकोलगायत अरु थुप्रै आरोपहरू पनि थिए। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले योसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा ‍भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले फाइल खोल्ने हो भने मेरा सांसदहरूबाट सुरू गराेस्: रवि लामिछाने

‘सरकारले फाइल खोल्ने हो भने हाेम्रा दलबाट म हुँदै मेरा सांसदहरूबाट सुरू गराेस्, तर अर्को फाइल नखोलोस्। फाइल खाेल्नु के रहेछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुनकाण्ड देख्याैँ। अब कतिवटा चिजलाई  हेर्न बाँकी हाेला र, आफ्नो मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाको बैठक बस्दैँ

नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैँछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक  बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा  बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को आयोजनामा २८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरण गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रकृति संरक्षण मानवजातिको चासाे र चूनाैतीकाे विषय हो: राष्ट्रपति

वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

आयोगको निष्कर्ष: बालकुमारी घटनाको मुख्य कारण प्रकाश ज्वाला

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान गएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमेत जिम्मेवार भएको निष्कर्ष निकालेको छ।  घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न बनेकाे आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फिरंगी नेतृत्वले गौरमा विकास भएन: प्रभु साह

‘गौर वा रौतहटको विकास किन हुन सकेन्? तपाईं हामी सबैलाई थाहा छ, फिरंगी नेतृत्व रहेसम्म त्यो सम्भव छैन। फिरंगी नेताहरुको कारण रौतहटसहित मधेस मानव विकास सूचांकमा पछाडि परेको छ’, आजपा अध्यक्ष साहले भने, ‘यहाँको विकासका लागि यहीका धर्तीपुत्र नेताको नेतृत्व हुन जरुरी छ, यी फिरंगी नेतृत्वले यहाँको विकास हुँदैन। त्यसमा हामी सचेत हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांंग्रेसका २२ जना नेताले राखे प्रस्ताव

हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा भनिएकाे छ, ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ: कमल थापा

व्यवस्था परिवर्तनको पक्षधरहरुबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहिबार सालिक अनावरण गर्दै सभामुख घिमिरेले थापाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाईघाट (उदयपुर)