शनिबार, १६ नोभेम्बर २०२४

एमालेको आकस्मिक बैठक बस्दै, उद्दारमा स्वयमसेवक खटाउने तयारी

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयमसेवा विभागका सदस्य पनि सहभागी हुने गरी महासचिव शङ्कर पोखरेलले बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार र प्रतिपक्षले आह्वान गरे ‘सर्वदलीय’ बैठक

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बाेलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान अध्यक्ष याङसँग भेट गरेका हुन्।  भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ: प्रचण्ड

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन्। जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए। साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताएका छन्।  राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भने, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डकाे खुलासा- नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान गर्दा सुई अलि माथितिर साेझिएकाे थियाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणकाे क्रममा अनुसन्धानकाे सुई एमाले र काँग्रेसका शीर्ष नेताहरुतिर साेझिएकाे खुलासा गरेका छन्। अध्यक्ष प्रचण्डले साेमबार राति कान्तिपुर टेलिभिजनकाे फायर साइटमा अन्तर्वार्ताकाे क्रममा साे खुलासा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्।  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने

श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।  बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ।  यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली र मोदीबीच न्युयाेर्कमा भेटवार्ता, के भयो कुराकानी?

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ। उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

पक्राउ पर्ने डरले रविले कार्यालयमै बोलाए नेता कार्यकर्ता

सहरकारीको रकम अपचलनमा पक्राउ पर्ने डरले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता कार्यक्रतालाई पार्टी कार्यालयमा बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ: प्रधानमन्त्री ओली

आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि)  को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ: विश्वप्रकाश शर्मा

शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको सहमतिविना संविधान संशोधन असम्भव: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन्।  उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तय भएको छ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘संविधान कार्यान्वयनका प्रभावकारी हुन सके अधिकार खोज्न टाढा जानु पर्दैन’

’नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन।’ तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो’, सभामुखद्धारा जारी सन्देशमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

संविधान तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ। नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले  राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ