शनिबार, १६ नोभेम्बर २०२४

यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु: अध्यक्ष:  १.माधवकुमार नेपाल सम्मानित नेता:  २. झलनाथ खनाल वरिष्ठ उपाध्यक्ष:  ३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत) उपाध्यक्षहरु  ४. जयन्ती राइ (पूर्वउपाध्यक्ष) ५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष) ६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव) ७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव) ८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव) ९. भानुभक्त जोशी  महासचिव:  १०. घनश्याम भुसाल उपमहासचिव   ११.  गरिमा शाह (निवर्तमान सचिव) १२.  राजेन्द्र राई (निवर्तमान सचिव) १३.  मेटमणि चौधरी  १४.  रामकुमार भट्टराई  समावेशी सचिव       १५. क. बलदेव चौधरी  १६. क. गणेश विक  खुला सचिव १७.  शेरबहादुर कुँवर  १८. चन्द्र बहादुर शाही  १८. सोम प्रसाद पाण्डे  १९. सावित्री भुसाल  २०. श्रीनाथ बराल

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टुँडिखेलको घटना सामान्य होइन, नेताहरु नसुध्रिए हावा हुण्डरीले उडाउँछ: सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ: प्रधानमन्त्री

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमायो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ: अध्यक्ष नेपाल

आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजपाको केन्द्रीय कमिटी बैठक बस्दै, आन्दोलनकाे रणनीति तय गरिने

बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ। मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी-एमाले एकताकाे प्रयासमा विद्याकाे सक्रियता, सत्ता ढल्ने चिन्ताले आत्तियाे काँग्रेस

प्रतिपक्षमा रहेको नेकपा माओवादीले पनि भर्खरमात्रै केन्द्रीय कमिटीको बैठकमा ‘सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति’बारे निर्मम समीक्षा गरेको थियो। माओवादीका नेता तथा पदाधिकारीहरूले बैठकमा गठबन्धन बन्ने र भत्किने परिस्थितिका सबै जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने दबाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ- प्रधानमन्त्री ओली

शनिबार युथ कनक्लेभ- २०२४मा आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउँदै अब पहिलाे महिला प्रधानमन्त्री बनाउने चाहना भएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई मुकुलकाे जवाफ: तपाई एक अपराधी हाे भनेर म प्रमाणित गर्न सक्छु

रास्वपाले मागेकाे स्पष्टीकरणकाे जवाफमा डा. ढकालले लामिछाने सहकारी ठग, भ्रष्टाचारी र अपराधी भएकाे आराेप लगाउँदै पार्टी जाेगाउन यी कुरालाई प्रमाणित गर्ने सक्षम रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समितिदे आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्माओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले बिहिबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपप्रधानसहित ४ मन्त्रीविरुद्ध अनुसन्धानमा उजुरी

सिन्धुलीका युवराज सफलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,  ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक पनि आज बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ