शनिबार, १६ नोभेम्बर २०२४

आजपाको केन्द्रीय कमिटी बैठक बस्दै, आन्दोलनकाे रणनीति तय गरिने

News Image
• • •

आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ। 

बैठक यही भदौ ११ र १२ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्नेछ।

बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन्।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए।

बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउने योजनासहित अगाडि बढने बताए। बैठकमा सोही विषय केन्द्रीत विषयमा गम्भीर छलफल हुने उनले बताए।

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ। आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाडलगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेण्डा तय भएको छ।

साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडि बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउने काम हुनेछ।

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन सकेको छैन। यसबारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए।

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समीक्षा गर्दै अगाडि बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारीसमेत सोहीअनुसार आन्दोलन केन्द्रीत कार्यविभाजनसमेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए।

नेताहरुलाई आन्दोलनको विभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ। आन्दोलन केन्द्रीत नेताहरुको कार्यविभाजन गर्दै शसक्त रुपमा अगाडि बढने उनले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?