शनिबार, १६ नोभेम्बर २०२४

प्रचण्डकाे टिप्पणी- परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखियाे

प्रचण्डले भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको महत्त्व दिएकाे उल्लेख गरे। प्रचण्डकाे भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न गएकाे परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु हुँदै

नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ। साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ। केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६ वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय सांसदअन्तर्गत बुधबार ६ वटा संसदीय समितिको बैठक बस्दै छ।संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेका र एमालेबीचको सहमतिमा कुनै शंका नगर्दा हुन्छ: देउवा

उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौँ। त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरु पार्टीको खिलाप हुँदै होइन। यो सोच/विचार नै गरिएको सहमति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैनः माधव नेपाल

अध्यक्ष नेपालले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ। सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ। मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन। खुला बहसको कुरा गर्नुपर्छ। कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने। मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'सबै पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो'

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन्। गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्ग भेटवार्ता गर्ने भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार धेरै दिन टिक्दैन: प्रभु साह

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन्। यो गठबन्धन नै जनादेश विपरितको छ। केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो। वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’, आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन। केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दै टिक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन: अध्यक्ष प्रचण्ड

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छिन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाखा लाग्न थाले कार्की दाजु-भाइ

इञ्चार्ज नपाए ओलीकै सचिवालयमा स्वकीय खाने तयारी गरेका उनलाई जब आफ्नै भजिता तुलसीलाई स्वकीय बनाइदिएपछि लाज छोप्नै मुस्किल परेको छ। कार्की यति कमजोर बन्दै गएकि उनकै राजनीतिक प्रतिस्पर्धी रोमनाथ ओलीलाई झापा इञ्चार्ज बनाइए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परराष्ट्रमन्त्री राणा भोलि दिल्ली जाँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमणमा आइतबार दिल्ली जाने भएकी छिन्। मन्त्रिपरिषद्को अस्तिको बैठकले परराष्ट्रमन्त्रीको भोलिदेखि बिहीबारसम्मको भारत भ्रमण स्वीकृत गरेको छ। दिल्लीमा उनले समकक्षी डा. एस जयशंकरसँग औपचारिक वार्ता गर्नेसम्मको कार्यक्रम तय भएको छ।  परराष्ट्रमन्त्री राणा भारतमा छँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत जाने का

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने विषय निराधार– प्रचण्ड

उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छु। पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ। त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ। आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु। अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ।  जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ