बिएल संवाददाता
काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे बताएका छन्।
बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष प्रचण्डले यस्ताे बताएकाे उनकाे भनाई उदृत गर्दै एक नेताले बताए।
प्रचण्डले भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको महत्त्व दिएकाे उल्लेख गरे। प्रचण्डकाे भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न गएकाे परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे छ।’
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणालाई मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीले भेटेका थिए। साेही विषय उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।
साथै बैठकमा उनले आफूहरु सरकारमा जान हतार नगर्ने र प्रतिपक्षीमा बस्ने बताए। जनताको मुद्दा लिएर जनतामा जाने उनकाे भनाइ छ।