शनिबार, १६ नोभेम्बर २०२४

परराष्ट्रमन्त्री राणा भोलि दिल्ली जाँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमणमा आइतबार दिल्ली जाने भएकी छिन्।

मन्त्रिपरिषद्को अस्तिको बैठकले परराष्ट्रमन्त्रीको भोलिदेखि बिहीबारसम्मको भारत भ्रमण स्वीकृत गरेको छ।

दिल्लीमा उनले समकक्षी डा. एस जयशंकरसँग औपचारिक वार्ता गर्नेसम्मको कार्यक्रम तय भएको छ। 

परराष्ट्रमन्त्री राणा भारतमा छँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत जाने कार्यक्रम तय भएको छ। उनी आगामी बुधबारदेखि आइतबारसम्म त्यहाँ आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुने बताइएको छ। 

मन्त्री राणाले भ्रमणको क्रममा नयाँ दिल्लीमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम पनि छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?