शनिबार, १६ नोभेम्बर २०२४

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। 

जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा बैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाही सम्बन्धमा छलफल हुनुका साथै बैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रकृया तथा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निवेदन उपर छलफल हुनेछ। 

यस्तै सोही बैठकमा श्रमसँग सम्बन्धित कानून समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल र हवाइ टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा इपिएस मार्फत् दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुनेछ। 

त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेश तथा प्रतिवेदन माथि छलफल हुनेछ। 

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०÷०८१ र बजेट वक्तव्य २०८०÷०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफल हुनेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?