आइतबार, १७ नोभेम्बर २०२४

माधवकाे घरबाट मुस्कुराउँदै फर्किए देउवा, वैकल्पिक गठबन्धनका लागि सकारात्मक भएकाे दाबी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भत्काउन काँग्रेस सक्रिय भएको छ।

वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको काँग्रेसले नेकपा एकीकृत समाजवादी (एस) नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटवार्ता भएपछि काँग्रेसले सो दाबी गरेको हो।

सो भेटवार्तामा सहभागी काँग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, काँग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस् छलफल सकारात्मक छ,’ लेखकले भने।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?