शनिबार, १६ नोभेम्बर २०२४

एनसेल प्रकरणबारे ओलीले भने- बेथिति हुनु र व्यापारी चिन्नु एउटै कुरा होइन

‘सरकारको बेथितिविरुद्ध बोल्यो उल्टै एमालेलाई नै आरोप लगाउँछन्। बेथिति भएको छ भन्यो त्यो बेथिति गर्ने व्यापारी त केपी ओलीले चिनेको छ भन्छन्। बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो?’, ओलीले भने, ‘असान्दर्भिक कुरा गरेर ध्यान मोड्न खोजिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश खारेज गर्ने होइन, संघका सबै अधिकार दिने पनि होइन: ओली 

‘राज्यलाई कमजोर पार्ने, व्यवस्थालाई कमजोर बनाउनेखालका कुराहरू पनि छन्। यो शक्ति विकेन्द्रीकरणको मात्रै होइन, यो भनेको शक्ति र स्रोतको बाँडफाँटको विषय हो’, उनले भने, ‘कतिपय ठाउँमा नाम यो भएन, ऊ भएन भन्नेखालका आवाज पनि उठेका छन्। दुबै अतिवादमा दौडिनु हुँदैन। प्रदेश संरचनाहरू खारेज गरिनुपर्छ भन्ने पनि होइन। संघमा भएका सबै अधिकार प्रदेशलाई दिनुपर्छ भन्ने पनि होइन। यो राष्ट्रियस्तरमै बहस गरिनुपर्ने कुरा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीकाे आराेप- बिजुली काटेर सरकारले उद्योगहरू बन्द गराउँदैछ

‘तार जोडिएको छ तर बिजुली दिइएको छैन भने लाइन किन काट्ने? डेडिकेटेड ट्रंक लाइनहरू दिएको छ भन्ने महसुल उठाउने हो, लाइन काट्ने होइन’, उनले भने, ‘आफैँ बन्द हुने अवस्थामा सरकारले उद्योगहरूको लाइन काटेर झन् बन्द गराउन लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्र रक्षाका लागि जनता जे पनि गर्न तयार छन्: केपी ओली

उनले अहिले उठिरहेका लोकतन्त्र र गणतन्त्र विरोधी आवाजहरूलाई चिर्नका लागि एमालेको यो यात्राले महत्वपूर्ण भूमिका खेलेको पनि बताए। ‘कोही कोही राजतन्त्र फर्काउन लागेका छन्। यही अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्नेहरू पनि छन्’ उनले भने ‘तर यी प्रयासहरूलाई हाम्रो यो यात्रामा निरर्थक बनाइदिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे सरकारले गरेका कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ: ओली

‘एमालेका सरकार हुँदा राजनीतिक हिसाबले कतिपयलाई मन नपर्नु बेग्लै हाे तर यथार्थमा एमालेकाे सरकारले हरेक क्षेत्रमा जुन काम गरेकाे छ, ती कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल, सोमबार पुनः बैठक बस्ने

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो देश कुनै विदेशीले आएर बनाइदिँदैन- साेविता गाैतम

पछिल्लो समय युवा जनशक्ति विदेशिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै उनले भनिन्, ‘यो देश कुनै विदेशीले आएर बनाइदिँदैन। सबैले देश छाड्ने हो भने देश शून्य हुन्छ। त्यसैले यो देश बनाउन हामी आफैँले पहल गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा देउवा-ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राकाबारेमा आज एमालेले पत्रकार सम्मेलन गर्दै 

नेकपा एमाले गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राको बारेमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन हुने एमालेले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीभित्र एकता र सदभाव आवश्यक छ : प्रवक्ता महत

बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- 'पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत : उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पार्टीभित्र अझै मेलमिलाप भइसकेको छैन: देउवा

‘हामीबीच मेलमिलाप हुन आवश्यक छ। हामीबीच पनि प्रतिस्पर्धा हुन्छ। जित-हार हुन्छ’, देउवाले भने, ‘अझै पूर्णरुपमा मेलमिलाप हुन सकेको छैन। अब हामी मिलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको छ: रवि लामिछाने

देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो। ‘देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती छ’

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने, ‘कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं