शनिबार, १६ नोभेम्बर २०२४

लुम्बिनीमा  मिलेन संसदीय समितिकाे भागबण्ड: बढ्दै किचलाे, साना दलकाे अडानले राेकियाे निर्वाचन

लुम्बिनी प्रदेशमा संसदीय समितकाे भागबण्डामा गर्न दलहरुलाई कठिन भएकाे छ।  छ वटा संसदीय समितिमा कुन दलले कुन समिति र कति लिने भन्नेमा विवाद भएपछि भागबण्डा गर्न कठिन भएकाे हाे।   

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वापका नेताको रबिन्द्र मिश्रलाई चुनौति– राजतन्त्र फर्किन्न र फर्किन दिइँदैन

उनले लेखेका छन्, ‘राजतन्त्र फर्किन्न र फर्किन दिन्न पनि!’ पाँडेले गणतन्त्रको राम्रो पक्षनै नेता बेइमान भएमा उसलाई परिवर्तन गर्न सकिने तर राजा जति बेइमान भए पनि परिवर्तन गर्न नसकिने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासन र समृद्धिका विषयमा दलहरु एक हुनुपर्छः ओली

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अब औद्योगिक र कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सबै दलबीच एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालका नेताहरू बिपीको विचारबाट दीक्षित छन्: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ : महामन्त्री शर्मा

आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

‘नागरिकले गरेको अपेक्षाअनुरुप सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न सकेनन्’

नेत्री सुब्बाले भनिन्, ‘कानुन निर्माणको गति, तर्जुमा गरिएको बजेट र योजना कार्यान्वयनको अवस्था हेर्दा मुलुकको राजनीति अझै तरल अवस्थामा देखिन्छ। राजनीतिले जनताका अपेक्षालाई सही ढङ्गबाट सम्बोधन गर्न नसकेको प्रष्टै अनुभूति हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग भएको छ। समितिका सदस्य राजेन्द्र राईले ताकि–ताकि गोली हान्न पाउने कहाँ लेखेको छ भन्दै उनले राजीनामा माग गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धोती दिवस’ मनाउन माइतीघर पुगेकाहरुमाथि प्रहरी हस्तक्षेप 

हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइने ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार बिहान विद्यार्थी जनमत संघका केही व्यक्तिहरु सेतो धोती लगाएरब्यानरसहित माइतीघरमा भेला भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख दलका नेताहरुका कारण आर्थिक संकट गहिरियाे: प्रभु साह

आजपाद्वारा पर्साको पोखरियामा आइतबार आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

काँग्रेसको निष्कर्षः आर्थिक क्षेत्र सुधार हुँदै, परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति (पूर्णपाठ)

तीन दिन बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले आर्थिक क्षेत्र विस्तारै सुधार हुँदै गएको र परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको छ। पुस १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हाे: प्रधानमन्त्री

विसं २०५८ सालदेखि पुस १५ मा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिँदै उनले ०६२–६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको भएपनि पुनः अहिले सार्वजनिक बिदा दिन थालिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

बैठकको निर्णयबारे जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनमा यसबारे छलफल हुने बताए। उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अधिकार माग्दै फेरि मुख्यमन्त्रीहरु  बालुवाटारमा 

अधिकार माग्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बझाएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा (एकीकृत समाजवादी) को बैठक सम्पन्न

कृषि क्षेत्रमा दिने कर्जालाई सहज बनाउँदै यस क्षेत्रको आधुनिकीकरण गरी उत्पादन वृद्धि तथा बजारीकरणलाई उच्च प्राथमिकता दिन बैठकले माग गरेको छ। बैंकिङ कर्जाको अनुपातमा कृषि कर्जाको अंश अत्यन्त न्यून रहेकाले यस क्षेत्रमा कर्जा वृद्धि गरी कृषि अर्थतन्त्रको पूर्वाधार तयार गर्न बैठकले आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जुम्लाकाे काँग्रेस महासमिति सदस्य निर्वाचन खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर

अवैधानिक महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै रिट दायर गरिएको महाधिवेशन प्रतिनिधि गोबिन्द बहादुर शाहीले बताए। उनले भने, 'यो विषयमा केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री

‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ।’ उनले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा