आइतबार, १७ नोभेम्बर २०२४

झलनाथ खनालको चेतावनी: भारतीय दूतावासले २० करोडका योजना बाँड्ने सम्झौता खारेज नभए आन्दोलन हुन्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासबाट नेपालमा २० करोडका योजना बाड्ने सम्झौता खारेज नभए आन्दालन गर्ने चेतावनी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्कदै

भारतीय विदेशमन्त्री एस. जयशंकर आज स्वदेश फर्किँदै छन्। नेपालको दुईदिने भ्रमण सकेर उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिक उपलब्धिको रक्षाका लागि सबै पार्टी एकजुट हुनुपर्छ’

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले सचिवालय बैठक भोलि

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गजुरेलकाे राजीनापत्र: जनअपेक्षा पूरा गर्ने वातावरण भएन

सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरुले जनतामा एकदमै राम्रो छाप परेको पत्रमा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ एमालेसहितकाे बैठक बस्ने

राष्ट्रियसभामा एमालेलाई सिट दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि बैठक निष्कर्षविहीन भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल-भारत संयुक्त आयोगको बैठकः भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालुवाटारमा शिर्ष तीन दलकाे बैठक जारी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बोलाएपछि उनी केही बेरअघि बालुवाटार पुगेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाका पाँच नेतासँगको भेटमा के भने ज्ञानेन्द्र शाहले?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र सांसद दीपक सिंहलगायतका नेताहरूले भैरहवामा ज्ञानेन्द्र शाहलाई भेटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रमा ऋणको सीमा हटायाे

लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एमाले भन्छ- गठबन्धनले राष्ट्रियसभामा हामीलाई सिट छुट्याउने भनेर माओवादीले हल्ला चलायो

राष्ट्रियसभाका लागि एमालेले कसैसँग सिट पनि नमागेको उनको भनाइ छ। एमालेलाई गठबन्धनले सिट छुट्याएको कुरा बाहिर आएको छ भन्ने विषयमा उनले भने, ‘कहिलेकाहीँ माओवादीका साथीहरुले यस्तै हल्ला फैलाउने गुर्नुहुन्छ। त्यही हल्ला होला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: एमालेलाई पनि सिट दिने तयारी, ५ बजे बैठक बस्ने

आज बिहान बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनकाे विषयमा छलफल गर्न गठबन्धन सम्बद्ध दल र एमालेसहितको बैठक बोलाउने सहमति भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सफा नियत गखेर जनताको सेवा गर्ने कसैबाट डराउनु पर्दैन: मुख्यमन्त्री कार्की

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारी कसैबाट डराउनु नपर्ने ताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सभापति लामिछानेद्वारा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीहरू फेर्नेबारे गठबन्धनभित्र कुरा भइरहेको छ: माओवादी

‘प्रधानमन्त्रीले नै मैले केही न केही गर्दैछु भन्ने छ। त्यसको तयारी पनि भइरहेको छ। अब सरकार नै गठबन्धनको भएका कारण हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘कसरी मन्त्रिपरिषद बनाउने भन्ने ठोस समीक्षा भएको छैन। आफ्नो दिशा निर्देश गर्नुभएको हो। हामी पनि त्यसमा अन्तिम निर्णयतिर पुगिसकेका छैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमात्रै होइन, अरु घटनाहरू पनि ‘व्यवस्थाविरुद्ध’ नै भड्काउन खोजिएको छ: माओवादी प्रवक्ता

‘अनेक बहानामा जनतालाई भड्काउने र अतिरञ्जित बनाएर जनताको भावनामा खेल्ने काम भइरहेको छ। यस्तै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीले त्यो कुरा भन्नुभएको होला। यसलाई गम्भीर रुपमा लिनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय होला’, उनले भने, ‘रुप र सारमा अलि फरक होला तर प्राथमिक अध्ययनबाट पनि के देखिन्छ भने त्यो अलि स्वभाविकजस्तो देखिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्ड सरकारप्रति जनताको उत्साह बढेको छ’

‘सरकारको कामले जनतामा धेरै उत्साह छाएको छ। एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले जुन कुरा गर्नुभएको छ, नयाँ ढंगबाट अघि बढ्ने कुरा गर्नुभएको छ। अन्तत: आर्थिक विकास नै रहेछ’, उनले भने, ‘त्यस्तो आर्थिक विकासको मोडल पनि बदल्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूले गम्भीर समीक्षा र प्रतिवद्धता जनाएको छ। अलि नयाँ ढंगले गर्नुपर्छ। निरन्तरतामा क्रमभंग हुनुपर्छ भन्नेर अब प्रधानमन्त्रीज्यू लागिसक्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘व्यवस्थामाथिकाे डिजाइन’ भनेर प्रचण्डले बालकुमारी घटना अन्यत्र मोडेर खाेजे: भीम रावल

प्रचण्डले केही समयअघिदेखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भन्दै घटना माेड्न खाेजेकाे उनल आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

सदनले आवश्यक मात्रमा कानुन बनाउन नसकेको भन्ने सन्दर्भमा उनले भने, ‘संसद्मा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, अर्काे कुरा दलहरूबीच सहमति हुन नसक्दा कतिपय संविधानको कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन्, यससँगै कतिपय अवस्थामा प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं