आइतबार, १७ नोभेम्बर २०२४

राष्ट्रियसभा निर्वाचन: उम्मेदवार र मतदाताहरू आउने-जाने क्षेत्रमा सुरक्षा प्रवन्ध मिलाउन निर्देशन

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गठबन्धन दशौँ वर्षसम्म टुट्दैन : नेता सिटौला

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ। संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राप्रपाले बृहत् आन्दोलन गर्दै: सदस्य सचिव तोकिए ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही राप्रपा गर्ने आन्दोलनको सदस्य सचिव नियुक्त भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सञ्चारमन्त्रीको एक वर्ष: नीतिगत सुधार र सुशासन प्रवर्द्धन प्राथमिकता

नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल कार्यदिशासहित सरकार संविधान कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासन, भ्रष्टाचार नियन्त्रणलगायतका क्षेत्रमा सरकार अघि बढिरहेको पनि स्पष्ट गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री युगान्डा प्रस्थान

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षा विधेयकमाथि प्रश्नै प्रश्न!

सरकारले ल्याउन लागेको शिक्षा विधेयकमाथि शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका छन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा विधेयकमाथि प्रश्नै प्रश्न!

सरकारले ल्याउन लागेको शिक्षा विधेयकमाथि शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका छन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपा सचिवालयले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा सत्तासाझेदार दललाई सहज

गठबन्धनबाट महिलातर्फ नेकपा (माओवादी केन्द्र)ले पवर्तकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा उतारेको छ। मतभारका हिसाबले गण्डकीमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

नेताहरूलाई राष्ट्रपतिले भने– जनतालाई निराश बनाउने छुट कसैलाई छैन

‘संविधानले जे परिकल्पना गरेको छ। त्यसलाई कार्यान्वयन गर्न कानुन बनाउन आवश्यक छ। अब संविधानको कार्यान्वयनमा जाऊँ’, उनले भने, ‘जनताले जे पाइने आशा गरेका छन्, त्यसलाई निराश नबनाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्घाखाँची पर्यटकीय केन्द्रकाे रुपमा विकास हुने कुरामा कुनै शङ्का छैन- प्रधानमन्त्री प्रचण्ड

‘अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम- २०८०’काे उद्घाटन कार्यक्रमकाे उद्घाटनका लागि साेमबार बिहान सन्धिखर्क पुगेका प्रधानमन्त्री प्रचण्डले धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेकाेले अर्घाखाँची पर्यटकीय केन्द्रकाे रूपमा विकास हुनेमा कुनै शङ्का नरहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

मेलम्चीको पानी २४ सै घण्टा समान रूपमा उपलब्ध गराउनूः प्रधानमन्त्री

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन्: प्रधानमन्त्री

चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागू

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन बन्देज गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धनकाे अपिल- हाम्रा उम्मेदवारलाई अत्यधिक मतले विजय गराउनुहाेला

‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ’, अपिलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल युद्धस्थलका रुपमा प्रयोग हुने खतरा छः महासचिव पाख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल युद्धस्थलका रुपमा पयोग हुन सक्ने खतरा बढेको बताएका छन्। गृह जिल्ला दाङ आएका महासचिव पोखरेलले प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सत्ता गठबन्धनको बैठक बस्दै

 सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्व-पश्चिम रेलमार्ग निर्माणका क्रममा जनताको गुनासो सम्बोधन हुन्छ: मन्त्री ज्वाला

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए। उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ।’ तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन