शनिबार, ०१ नोभेम्बर २०२५

प्रचण्डको दाबी- ‘माओवादी कसैको बैशाखी नटेकी चुनाव लड्नै सक्दैन’ भन्ने भाष्य खारेज भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै गएको बताएका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लैले चुनाव लडेर जित निकाल्ने आधार बलियो बन्दै गएको दाबी गरे। गत मंसिरको उपनिर्वाचनबाट भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र ‘कसैको बैशाखी नटेकी माओवादी चुनाव लड्नै सक्दैन’ भन्ने विरोधीहरूको भाष्य खारेज भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

राजतन्त्रमा लादिएका निरंकुशता जनताले बिर्सिएका छैनन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको दाबी गरेका छन्। बिहीबार नेपाल नगरपालिका संघको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताको लामो संघर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट पारे। उनले भने, ‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन। त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन्। जनतालाई सेवा दिने नजिकको सरकार यही हो। स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिजाप्रसादलाई सम्झिदैं प्रचण्डले भने, ‘उहाँको भरोसा तोड्दिनँ, जीवनभरि लड्छु’

स्व. कोइरालाकै नेतृत्वमा दश वर्षसम्म सशस्त्र युद्ध गरेको नेकपा माओवादी संसदीय राजनीतिक बाटोमा आएको थियो। त्यो बेला स्व. कोइरालाले आफ्नो सारा राजनीतिक जिन्दगीलाई दाउँमा राखेर युद्ध लडिरहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको चर्को आलोचना गर्दै शेखरले भने- अहिलेको सरकारमा सुशासन पटक्कै छैन

गिरिजाप्रसाद र लोकतन्त्र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरे। उनले भने, ‘कांग्रेस र एमालेको सरकार छ। तर सुशासन पटक्कै छैन। यो कुरा अब हामीले भन्ने कि नभन्ने मैले त पटक पटक भनिरहेको छु हामी सत्तापक्षका मान्छे हौं। तर, सरकारमा छैनौं। सरकारमा हुने मन्त्रीहर"ले एमालेसँग सहकार्य गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन। तर सत्तापक्षमा छौं तर सरकारमा नहुनेको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने जिम्मेवारी छ।’ उनले देश जब अप्ठ्यारोमा पर्छ तब कांग्रेसकोले सफल नेतृत्व गरेको दाबी पनि गरे। तर, अब कांग्रेस कहिले एमाले त कहिले माओवादीको पक्षमा नलाग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ करोडको मालिक सार्वजनिक गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको भन्दै अहिले पनि त्यस्तै हुने आशंका व्यक्त गरेका हुन्। उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को पक्षमा लहर देखियो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन्। ‘कयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजाको मात्रै होइन हाम्रो पक्षमा पनि असंख्य जनता छन्ः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन्। राजनीतिक अन्तर्क्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव)ले समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताए। उनले भने, ‘अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू भयो। अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश बन्दैन भनेर गलत भाष्य फैलाउनु हुँदैनः प्रधानमन्त्री

उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको बताए। उनले भने, ‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन। व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ। हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ। संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरूले पनि लिएका छन्। यसो भनेर हामी युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं। यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजालाई स्वागत गर्दा त दलहरूको ‘मुटु’ हल्लियो, आन्दोलन नै भयो भने के होला?- ज्ञानेन्द्र शाही

उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने मार्क्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन। त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो। कसैका विरुद्धको आन्दोलनमा होइन। स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूको विरुद्ध आन्दोलन गर्नुपर्‍यो भने हालत के हुन्छ? यो कुरा याद गरेर संसदमा आवाज उठाइदा विचार पुर्‍याइयोस्’ साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीयू क्रिकेट मैदान अनुगमनमा शहरी विकास र खेलकुदमन्त्री

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको अनुगमन गरेका छन्। बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोली कीर्तिपुर क्रिकेट मैदान पुगेर प्याराफिट निर्माणको अनुगमन गरेका हुन्। अनुगमन गर्दै मन्त्री सिंहले तीव्र गतिमा काम अगाडि बढिरहेको बताए। उनले नेपाली खेलाडीहरूले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टेडियमहरू ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले  शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ। उनीहरूबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माल्टा सम्मेलनको औचित्य छैन, जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियान्ता तथा पूर्वयुरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौंमा हुन गइरहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्ने गरी माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको जनाएका छन्। ‘सर्वोच्च अदालतको परमादेश अनुसार यही मे ३-५, २०२५ मा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन उच्चस्तरीय समितिले सबै एनसीसीहरुलाई पत्राचार गरिसकेको छ।  अदालतको अबहेलना हुने गरी साथै एनआरएनएको एकतामै असर पर्ने गरी कुनै पनि सभा सम्मेलन नगर्न म सबै साथीहरुलाई अपिल गर्दछु,’ आचार्यले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातै प्रदेशबाट काँग्रेसलाई सन्देश: ‘हिन्दु राष्ट्र’

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’  विषयमा  देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तरक्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजा क्षेत्रमा इजरायलको ‘स्थल आक्रमण’

१८ महिनाअघि हमासले इजरायलमाथि एकाएक आक्रमण गर्दै युद्धको धावा बोलेको थियो। त्यसक्रममा इजरायलमा पढ्दै गरेका दश जना नेपाली विद्यार्थी पनि मारिएका थिए। त्यही बेला हमासले नियन्त्रणमा लिएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए महाधिवेशन: सर्वाेच्चकाे आदेश निरन्तर अवज्ञा गर्दै केसी समूह

सर्वोच्च अदालत नियमावली बमोजिम कार्यविधिको कार्यान्वयन गर्ने पत्रमार्फत चेतावनी दिइएको छ। निर्देशनालयलाई फैसला आदेश कार्यान्वयनको क्रममा सहयोग गर्नु सचिवालयको कर्तव्य हुन आउने भन्दै पत्राचारलाई कार्यान्वयनको क्रममा बाधा, व्यवधान वा अटेर गरेमा अदालतको आदेशको अवज्ञा गरी कार्यपालना नगरेको व्यहोरासहितको प्रतिवेदन पेस गरिने पत्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चौतर्फी विरोध भएपछि कांग्रेस मुख्य सचेतकले मागे माफी

नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफी मागेका छन्। गत आइतबार देशको विकास र पर्यटकहरूको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए। यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाटै उनले माफी मागेका हुन्। उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरू हुन्। यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन। यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई ‘विकासशील राष्ट्र’मा अपग्रेड गर्न अर्थ मन्त्रालयमा बैठक

अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरूलाई निर्देशन दिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिहरूलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए। बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोडसेडिङ हटेकोमा कुलमानलाई होइन भारतलाई धन्यवाद दिनुपर्छः उर्जामन्त्री

ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालबाट लोडसेडिङ कहिल्यै पनि नहटेको दाबी गरेका छन्। उनले अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताए। उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन। लोडसेडिङ छ। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो। खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। म‍ दाबीका साथ भन्न सक्छु। अहिले भर्खरै पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान संविधानअनुसार एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छः देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए। बुधबार कांग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए। उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो। तर यो संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ। त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन टाउकेहरूले आफूलाई ‘छोटे राजा’ देखाउन थाले: बाबुराम भट्टराई

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए। उनले भने, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन्। तिनीहरूले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन्। संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ। तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन्। अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ। समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं