बिएल संवाददाता
नेकपा एमालेबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका नेता नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनी शनिबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
दैलेखको राजनीतिमा छुट्टै पहिचान बनाएका बस्नेतलाई यसअघिदेखि नै आगामी निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको थियो। यही कारण यसपटक एमाले दैलेखले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्दा बस्नेतको नाम पनि समावेश गरेको थियो।
सिफारिस प्रक्रियापछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिएका थिए। त्यसपछि बस्नेतसँगै रविन्द्रराज शर्मा र लिला बिसीको नाम पार्टी केन्द्रमा पठाइएको थियो। तर, बस्नेतले रास्वपा प्रवेश गरेपछि एमाले कार्यकर्ता र नेताहरू आश्चर्यमा परेका छन्।
एमाले दैलेखका एक नेताले पार्टीबाट उम्मेदवारी नपाउने भएपछि बस्नेत अवसरको खोजीमा रास्वपामा प्रवेश गरेका आरोप लगाए। उनी रास्वपाबाट दैलेख–१ मा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया