शनिबार, १६ अगस्ट २०२५

‘हुलाकी सडक’मा माओवादी

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन्। अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन्।  आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले अभियान सुरु गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ सम्म दुईपटक सरकार ढल्छः एमाले नेता ढकाल

‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार छ,’ उनले भने, ‘हामी सिंगल-सिंगल प्रतिस्पर्धा गर्छौं। एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले।’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्रीको राजीनामा

‘सम्पत्ति शुद्धिकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रुपमा ग्रे-लिस्टमा चढाएको छ। सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधारको अठोट गर्ने अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ। म यसप्रति खेद प्रकट गर्न चाहन्छु। यस्तो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन, सम्पूर्ण रुपमा असफल भएको रुपमा लिनुपर्छ। सरकारले नौतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशसभामा ‘राजा’ शब्द प्रतिबन्ध, राप्रपाकै सभामुखले हटाए रेकर्डबाट

‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ। यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु। यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

पूर्वराजालाई कांग्रेसको सुझाव- सत्तामा फर्किने भए टीका लगाएर होइन, ०८४ मा चुनाव लड्ने हिम्मत गर्नुस्

‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो। गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो। सत्तामा नै फर्कने चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस्। पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ- कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले मिल्दा निरंकुशता जन्मिन्छः शेखर कोइराला

कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा कांग्रेसका केन्द्रीय सदस्य मैकुलालाल वाल्मिकी, कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल,पूर्व प्रदेशमन्त्री सुरेन्द्र हमाल सहितका नेताहरूले भेटेर आगामी महाधिवेशनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल गरेका थिए। प्रदेश सभा सदस्य बादशाह कुर्मी र कांग्रेस क्षेत्र नं. ३ का सभापति नक्की खाँसहितका संस्थापन पक्षीय नेताहरूसमेत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

ओली फेरी संसद विघटन गर्ने प्रयासमा छन्: अग्नि सापकोटा

‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन्। म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री। फेरि पनि विघटन गरेर चुनावमा गएँ भने बहुमत ल्याउछु भन्ने छ। बहुमत हजार कोष टाढाको कुरा हो। वास्तवमा यो संसद विघटन गर्नतिर नै उनी उद्यत छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नो-केबलकारको पक्षमा रास्वपा, तोसिमाले भनिन्- जनता मारेर विकास चाहिँदैन

उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरी सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्। साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमति सरकारले उल्लंघन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभरा केबलकार निर्माणमा राजनीति छिर्‍यो: योगेश भट्टराई

आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा र राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँदा त्यसले विवादको ठूला रुप लिएको बताएका हुन्। उनले विरोधको हक सबैलाई भएपनि ऐन र कानूनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्युठानमा टाउको क्षतविक्षत अवस्थामा दम्पतीको शव फेला, बारीमा भेटियो रगत लतपतिएको घन

शनिबार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियारको टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले बारीमा घन फेला पारेको हो। दम्पतीको हत्यामा सोही घन प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई महासेठको निर्देशन- एमालेको काम जनताले थाहा पाएनन्, प्रचारप्रसारमा लाग्नुस्

नेकपा एमाले आज जुन ठाउँमा छ त्यो जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरूको कारणले रहेको जिकिर गरे। उनले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरूको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

ओलीको जन्मदिनमा झापामा पूजा र हवन, रोपियो ७३ विरुवा

श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका-२ को अगुवाइमा पूजा गरिएको हो। त्यस्तै ओलीको जन्मदिनमा नजिकैको वन क्षेत्रमा वृक्षरोपणसमेत गरिएको छ। ओली ७३ वर्ष लागेको अवसरमा ७३ वटा विरुवा रोपेर पार्क नै बनाइएको छ। पार्कको नाम ‘जन्मोत्सव पार्क’ राखिएको सामुदायिक वनका अध्यक्ष बलराम रिसालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदका दुवै सदनको बैठक बस्दै

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ। यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार राम्रा काम गर्न प्रतिवद्ध छ: उपप्रधानमन्त्री सिंह

‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ। सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो। मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवले एकलौटी पार्टी चलाउन खोजेपछि अलग हुन बाध्य भयौं: अशोक राई

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए। उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखियोः उप्रधानमन्त्री सिंह

‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो। बहुदलीय व्यवस्था पुनर्स्थापना भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिवेशन भएकै छैन। कांग्रेस राजनीतिक पार्टी हो। पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,’ कांग्रेस पूर्वमहामन्त्री सिंहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएकाहरू फेरि फर्किने दिवास्वप्नमा छन्

‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति चुनौतीपूर्ण नै छ। सरकारको प्रस्तुती दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस बढ्दै गएको छ,’ उनले पूर्वराजालाई लक्षित गर्दै भने, ‘सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेका छन्। इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवास्वप्नमा छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईवटा नागरिकतामा ओलीको जवाफ- भूमिगतकालमा फ्याँके, पछि खोज्दा नभेटिएपछि अर्को बनाएँ

‘अस्ति मैले हेर्दै थिए केपी ओलीका दुईवटा नागरिकता, एउटा हरायो, म भूमिगत जाने बेलामा भागेर हिँड्ने बेलामा भएका प्रमाण नष्ट गर्ने बेलामा नागरिकता च्यापेर हिँड्छु त खल्तीमा? आफू को हुँ भन्नेकुरा लुकाएर हिँड्नुपर्ने बेलामा, केही नभएपनि मास्क लगाउनुपर्ने बेलामा, नागरिकता खल्तीमा हालेर हिँड्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोबाइल देखाउँदै शंकरले भने- यो भाँडोले गर्दा एकै परिवारको भोट १० तिर बाँडिन थाल्यो (भिडियोसहित)

विज्ञान प्रविधिको विकाससँगै समाज सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त हुँदै गएको र त्यसको प्रभाव हरेक घर र परिवारमा परिरहेको अवस्थामा घरको मुली आमालाई केन्द्रीत गरेर संगठन बिस्तार अभियान चलाउन पनि उनले आग्रह गरे। उनले भने, ‘जुन पार्टी महिलाहरूका बीचमा अलि ज्यादा पुग्दछ त्यो पार्टी बलियो हुन्छ। यो कुरा कमरेडहरूले बुझ्नुपर्ने कुरा हो। यो अभियानले ध्यान दिनुपर्ने कुरा हो। किनभने लोकतन्त्र भनेको संख्याले निर्धारण गर्दछ। चेतनाले मात्र लोकतन्त्रलाई चलाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

देशलाई अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा छ: प्रचण्ड

‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति चुनौतीपूर्ण नै छ। सरकारको प्रस्तुती दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस बढ्दै गएको छ। सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेकै छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं