बिएल संवाददाता
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँगै सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताएका छन्।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामाथि छलफल गर्न आज आयोजित उच्चस्तरीय समन्वयात्मक समितिको बैठकमा मन्त्री चौलागाईंले तथ्याङ्क व्यवस्थापन र कार्यसम्पादनमा निकायगत समन्वय कमजोर भएको उल्लेख गर्दै सुधारको आवश्यकता औँल्याए। उनले वायु प्रदूषण नियन्त्रणमा वन तथा वातावरण मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
मन्त्री चौलागाईंले आफू मन्त्रालयमा आएपछि वातावरण विभागलाई प्रमुख निकायका रूपमा लिएर समन्वयमा काम भइरहेको बताउँदै स्थानीय तहले तुलनात्मक रूपमा आवश्यक तयारी र काम गरिरहेको उल्लेख गरे। उनले अन्य सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले वायु प्रदूषण नियन्त्रणका विषयमा सरकारी निकायबीच नीतिगत समन्वय र सहजीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
वन मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बैठकबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले केही समययता काठमाडौं उपत्यकाको वायु गुणस्तरमा सुधार देखिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। वायु गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि जिम्मेवारी पाएका सबै निकायले तत्काल गर्न सकिने काममा ढिलाइ नगर्न आग्रह गरे।
बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा कार्ययोजनाले तोकेका, कार्यान्वयन हुन बाँकी क्रियाकलापलाई प्राथमिकतामा राखी समावेश गर्ने निर्णय गरेको छ। साथै, कार्ययोजनालाई समयानुकूल परिमार्जन गर्दै आगामी पाँच वर्षका लागि काठमाडौं उपत्यकाको वायु प्रदूषण घटाउने अनुगमन सूचकसहितका प्रस्ताव वातावरण विभागमा पठाउने निर्णय गरिएको छ।
कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कार्ययोजना समयतालिकासहित तयार गरी लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणवापत संकलित कर खर्च गर्न तत्काल स्पष्ट निर्देशिका बनाउन सुझाव दिए।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया