बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ (यूएन)सँग सम्बन्धित निकायहरूसहित ६० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकाको नाम फिर्ता लिने निर्णय गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले बुधबार अमेरिकी हितविपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
जसमा यूएनका धेरै निकायहरू र भारत-फ्रान्सेली नेतृत्वको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसहित ६० भन्दा बढी संस्थाहरू समावेश छन्।
ह्वाइट हाउसद्वारा जारी गरिएको पत्रअनुसार ३१ संयुक्त राष्ट्र संघ-सम्बद्ध संस्थाहरू र ३५ गैर-संयुक्त राष्ट्र संघ संस्थाहरूबाट अमेरिका बाहिरिँदै छ। ट्रम्पले छिटोभन्दा छिटो अमेरिकालाई फिर्ता गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
यी संस्थाहरूले अमेरिकी राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि वा सार्वभौमिकताविरुद्ध काम गर्ने गरेको अमेरिकी दाबी छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया