आइतबार, ०२ नोभेम्बर २०२५

सरकारलाई प्रचण्डको चेतावनी- शिक्षकहरूको मागलाई वेवास्ता गरिए परिणाम राम्रो हुँदैन

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए। शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए। अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वविशिष्टलाई आजीवन सुविधा हैन जेल कोच्नुपर्छः अमरेशकुमार सिंह

आमनागरिकहरू पहिलेदेखि नै चरम महंगाई, कर, कुशासन र बेरोजगारीले परेशान भइरहेको अवस्थामा पुर्व पदाधिकारीहरूलाई आजीवन सुविधा दिने लज्जास्पद काम गर्न लागेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन्। तर यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरू नै आफ्नो सुख सुविधाका ऋणको भारी जनतामाथि लाद्ने कोसिस गरेको छ। आम नागरिक पहिलै चरम महंगाई, कर, कुशासनले परेशान भएका छन्। देशमा रोजगारी छैन, युवा जती विदेशको गल्लीहरूमा भौतारिन परेको छ। तर पुर्व पदाधिकारी हरु लाई आजिवन सुविधा दिनेसम्म लज्जास्पद कुरा गर्न समेत भ्याएका छन।’ उनले आजीवन सुविधा नै दिनुपर्ने पूर्वपदाधिकारीहरूको योगदान के? भन्दै प्रश्न गरेका छन्। त्यस्तै उनले देश बर्बाद गर्ने उनीहरूलाई आजीवन सुविधा नभइ आजीवन जेल सजाय हुनुपर्ने माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेता सिवाकोटी भन्छन्- पूर्व विशिष्टलाई मृत्युपछि क्रियाकर्म र श्राद्ध गर्न पनि सुविधा दिइयोस्

उनले सरकारलाई पूर्वविशिष्टलाई मृत्युपछि पनि क्रियाकर्म र श्राद्ध गर्न सुविधा व्यवस्था गर्न भन्दै व्यंग्य गरेका छन्। उनले सरकारलाई थोरै लोकलाज बाँकी भए यस्तो विवादास्पद विधेयकको प्रक्रियाबाट पछि हट्न सुझाव पनि दिएका छन्। उनले भनेका छन्, ‘पूर्व विशिष्टलाई आजीवन सुविधा दिन कानुन बनाउन लागेको सरकारलाई यो पनि सुझाव छ कि त्यस्तो सुविधा पूर्वविशिष्टका मृत्युपछि क्रियाकर्म, श्राद्ध गर्नसमेत गरी व्यवस्था होस्। बुझ्न नसकेको कुरा पूर्व विशिष्टहरू लोभका भकारी हुन् कि सरकार पूर्व विशिष्टहरूको चाकडीदार? थोरै पनि लोकलाज बाँकी छ भने सरकार यो कानुन बनाउने प्रक्रियाबाट पछि हटोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वविशिष्टलाई ‘आजीवन सुविधा’ राज्यको दायित्व होः एमाले नेता रिजाल

उनले विशिष्ट स्थानमा पुगेका शीर्ष राजनीतिहरूप्रति राज्यको दायित्व हुने समेत तर्क अघि सारेका छन्।  नेता रिजालले राज्यका केही न्यूनतम मापदण्ड र भारहरू हुने नै भएकाले विना कानुन, पटके निर्णयबाट र मन परेका आधारमा सुविधा दिनुभन्दा कानुन बनाएर एकरुपता ल्याउनु राम्रो हुने सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘राजनीति जागीर होइन, व्यापार पनि होइन। सेवा होस सक्नेले गर्ने हो। तर, राज्यको विशिष्ट स्थानमा पुगेकाहरूप्रति राज्यको दायित्व हुन्छ। राज्य भइसकेपछि त्यसका केही न्यूनतम मापदण्ड र भारहरू हुन्छन् नै। विना कानुन, पटके निर्णयबाट र मन परेका आधारमा सुविधा दिनुभन्दा कानुन बनाएर एकरुपता ल्याउनु राम्रो हो। कति सुविधा दिने वा नदिने भन्ने कुरा राज्यको आर्थिक क्षमता, आम नागरिकको जीवस्तर र समय-सन्दर्भ विचार गरेर निर्णय गर्नु उपयुक्त हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौलिक संस्कृति नै नेपालीको जग होः प्रधानमन्त्री

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भू-भाग भएकाले यस भूखण्डको कला-साहित्य-संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मेलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे। प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए। यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह पनि गरे। चैत ३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरूको सहभागिता छ। नेपाल बाहिरबाट ५८ जनाको सहभागिता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले भन्यो- ग्रीन कार्ड भनेको सधैभरि अमेरिकामा बस्ने अधिकार होइन

‘यो हाम्रो राष्ट्रिय सुरक्षाको कुरा हो। त्यसको सवालमा आवश्यक पर्‍यो भने उनीहरूलाई निस्कासन गर्ने अधिकार अमेरिकी सरकारसँग छ’ उनले भने ‘यो अमेरिकी जनताको सवाल हो। अमेरिकाका लागि यहाँका मूल वासिन्दाभन्दा माथि कोही छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डसँग सरकारी शिक्षकहरू, ‘सरकारलाई कडा चेतावनी’

महासंघको नेतृत्वमा देशभरिका शिक्षकहरू केही दिनयता काठमाडौंमा आन्दोलन गरिरहेका छन्। एसईईलगायत वार्षिक परीक्षाहरू सुरु हुने बेलामा शिक्षकहरू काठमाडौं आएर पार्टी कार्यालय घेराउ गर्नेदेखि प्रदर्शनसमेत गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट ‘देश निकाला’ भए दक्षिण अफ्रिकी राजदूत

‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत हुने छैन। इब्राहिम रसूल एक जातिवादी नेता हुन्। जसले अमेरिकी राष्ट्रपतिलाई निकै घृणा गरिरहेका छन्’ यसबारे जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा लेखेका छन् ‘उनीसँग फेरि कुनै वार्ता गर्नका लागि अब हामीसँग केही बाँकी छैन। त्यसैले हामीले उनलाई अस्वीकार्य व्यक्ति मानिसकेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएएन महाधिवेशन: घले लागेको लाग्यै, ‘बद्री केसी’ टेर्दै नटेर्ने

आगामी मे ३ मा महाधिवेशन घोषणा भइसके पनि केसीको समूहले भने ‘सचिवालय नै कब्जा’ गरेर आफ्ना गतिविधिहरू अघि बढाइरहेको घले समूहले जनाएको छ। घलेको यो उच्चस्तरीय समितिले केसी समूहको उक्साहटमा लागेर कुनै पनि गतिविधिमा संलग्न नहुन एनआरएनएका राष्ट्रिय समितिहरूलाई निर्देशन पनि दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईएमएफ र विश्व बैंकविरुद्ध आन्दोलित भए नेपालसहित आठ देशका नागरिक समूह

‘विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन्। यसले समानता होइन, झन् असमानता निम्त्याएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विदेशीको इसारमा राजा वीरेन्द्रको वंश विनास गर्ने प्रचण्ड नै हो’

‘सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ’ उनले लेखेका छन् ‘तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौं भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। शुक्रबार साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजावादीको सक्रियतापछि ब्यूँझियो ‘समाजवादी मोर्चा’

आज एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए। समाजवादी मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जन्मसिद्ध नागरिकताको खारेज गर्ने’ ट्रम्पकाे जिद्दी, सर्वाेच्च अदालतमै अपिल

सर्वोच्च अदालतले पहिलाको आदेश खारेज दिएमा अबका दिनदेखि अमेरिकाले त्यो भूमिमा जन्मिएकै आधारमा नागरिकता दिने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए सम्मेलनमा जान लागेका माओवादी सांसद विवादमा

बद्री केसी समूहको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका सांसद माधव सापकाेटा थाइल्यान्ड र कम्बोडिया जाने तय भएपछि पार्टीभित्र हंगामा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रुस युद्ध रोक्न तयार छ’ पुटिन भन्छन्, ‘तर केही शर्तहरू छन्’

‘रुसले अमेरिकी प्रतिनिधिहरूसँग पनि वार्ता गर्नेछ। र आवश्यक परे म आफैले ट्रम्पसँग पनि कुराकानी गर्नेछु’ उनले भनेका छन् ‘हामी यो युद्ध बन्द गर्न चाहन्छौं। तर ३० दिनमात्रै होइन दीर्घकालीनरुपमा शान्ति स्थापनाका लागि युद्ध समाप्त होस्। त्यसकै लागि हामीले यो युद्ध र संकटका मूल समस्याको समाधान खोजिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होलीमा पनि छोडेनन् ओलीलाई

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ। तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए। उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई अशोक राईको सुझाव- पार्टी खोलेर प्रतिस्पर्धामा आउनु

उनले राजावादीहरूले काठमाडौंमा गरेको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलित हुनु नपर्ने बताए। अध्यक्ष राईले जनताले खोजेको जस्तो संघीयता आउन नसकेको स्वीकार गर्दै जे जस्तो भएपनि संघीयतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघीयता विरोधी रहेको बताए। अध्यक्ष राईले छिटै नै प्रतिनिधिसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए। उनले बर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघीयताको वास्तविक अभ्यासको थालनी हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

घण्टीघरमा रास्वपाको होली

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टीघरमा रास्वपाको होली

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं