बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पुरानै घर राप्रपा फर्किएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले नभइ अत्यन्तै भारी मनले राप्रपा घर छोडेको भन्दै आज घर फर्किदा खुसी लागेको बताए।
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भइरहेको छ। अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसीले होइन। विभिन्न कारणले म घर छोडेर गए। अहिले घर फर्किदा खुसी पनि छु।’
यस्तै, उनले कतिपयले बुझेर/नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए।
उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो। तर ती सबै कुरा असत्य हुन्। म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ।’
उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया