बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पुरानै घर राप्रपा फर्किएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले नभइ अत्यन्तै भारी मनले राप्रपा घर छोडेको भन्दै आज घर फर्किदा खुसी लागेको बताए।
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भइरहेको छ। अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसीले होइन। विभिन्न कारणले म घर छोडेर गए। अहिले घर फर्किदा खुसी पनि छु।’
यस्तै, उनले कतिपयले बुझेर/नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए।
उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो। तर ती सबै कुरा असत्य हुन्। म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ।’
उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया