सरकारले काम गर्न नसक्दा जनताहरू राजावादीको आन्दोलनमा गएः रामहरि खतिवडा
उनले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरू सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए। उनले भने, ‘सबै कुरामा हामी नै ठिक भनेर पनि हामी हिड्न हुँदैन्। राजावादीको आन्दोलनमा सबै प्रकारमा मानिसहरू थिए। राजाका, राप्रपाका अन्य पार्टीका पनि थिए। कस्का कारणले त्यत्रा मानिस आए भनेर लडाईं नै चल्यो। हाम्रै कारणले हामीले त्यति राम्रो जनतालाई डेलिभरी दिन नसक्दा हाम्रै कारणले पनि गए होलान् यो बारे हामीले केही सोच्नुपर्ने छ। आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यो बारे छलफल गर्न जरुरी छ।’
बिएल संवाददाता - काठमाडौं