बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचारगोष्ठीमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जस–जसले सहमति गरेर बाँडे पनि एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताएका हुन्।
‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ। प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद लाग्यो,’ अध्यक्ष ओलीले भने, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ। यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो। जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन।’
उनले घैंटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र कांग्रेसजस्ता दलहरू ठुला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकिर गरे।
उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिक रुपमा विघटन भएको संसद पुनर्स्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया