बिएल संवाददाता
नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरूलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको दाबी गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरूले युवाहरू राजनीतिमा आउनु पर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताइन्।
उनले भनिन्, ‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ। युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ।’
उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समूहका युवाहरूको सहभागिता सुनिश्चित गरिएको पनि बताइन्। ११औं राष्ट्रिय महाधिवेशनबाट जस्तोसुकै चुनौती आउँदा पनि सकारात्मक हुनुपर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाइ छ।
उनले भनिन्, ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरूमा पहिलो अनुभव थियो। महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनु मेरो पहिलो अनुभव थियो। जस्तो सुकै चुनौती आइपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया