बिएल संवाददाता
कांग्रेससँग चुनावी गठबन्धन गरेर जाने उपाध्यक्ष रामबहादुर थापाको अभिव्यक्तिप्रति एमालेकै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा थापाले लोकतान्त्रित्र र बाम दलहरूले मोर्चाबन्दी गरेर निर्वाचनमा आधा–आधा निर्वाचन क्षेत्र भाग लगाएर जानुपर्ने भनेका थिए।
मुलुक गम्भीर संकटमा फसेको भन्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेको मोर्चाबन्दीका लागि ढिलाइ गर्न नहुने बताएका थिए।
‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनर्स्थापना गर्न सक्छौँ। त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनर्स्थापना गर्न सकिन्छ,’ थापाले भनेका थिए, ’हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ। त्यसकारण अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी छ।’
थापाको भनाइप्रति एमालेकी पूर्वकेन्द्रीय सदस्य ईश्वरी घर्तीले प्रश्न उठाएकी छन्। उनले कांग्रेसँग मिलेर जाने भए समानुपातिकमा आफू किन बसेको भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘कांग्रेससँग मिलेर चुनाव लड्ने भए तपाईंको जित पनि प्रत्यक्षमै सुनिश्चित हुन्थ्यो हाेला नि उपाध्यक्ष कमरेड, कति राम्रो सन्देश पनि जान्थ्यो! बेकारमा यत्तिकाे हेविवेट नेता समानुपातिककाे १ नं. मा बस्दा पहिलो कुरा नयाँ पुस्ता अवसरबाट बञ्चित भए, दाेस्राे कुरा सारा लाेक हाँसेकाे छ। हजुरकाे १ नं. मा राेल्पाकाे नवीन राेकामगर या अरु जिल्लाका कुनै नयाँ मान्छेलाई अवसर दिएको भए कति राम्रो हुन्थ्यो हाेला!’
उनले पार्टीका आफूजस्ता बफादार कार्यकर्ताहरूले केन्द्रको आदेश मानेर भोट हाले पनि सबै कार्यकर्ताले सँधै गठबन्धन बदलेर अरुकाे चुनावी चिह्नमा भाेट हाल्न लगाउने आदेश पालन गर्लान् कि नगर्लान्? आगामी दिनले देखाउने बताइन्।
‘रुखमा भाेट हाल्नुपर्ने निर्णय पार्टी केन्द्रले गरिहालेमा म त पार्टीको बफादार कार्यकर्ता हुँ भाेट हालिहालुला। ०७४ काे निर्वाचनमा पनि पार्टी केन्द्रकाे आदेश पालना गर्दै राेल्पामा एमाले निल बनाउँदा पनि धेरैले रुँदै भए पनि हँसिया हथौडामा भाेट हालेकै हाैँ। तर हाम्रो सबै कार्यकर्ता र शुभेच्छुक मतदाताले जतिवटा चुनाव आयाे त्यति चाेटी गठबन्धन बदलेर अरुकाे चुनावी चिह्नमा भाेट हाल्न लगाउने आदेश पालन गर्लान् कि नगर्लान्? त्याे त आगामी दिनले देखाउला,’ उनी भन्छिन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया