बिएल संवाददाता
'पोइल जान पाम्' फेमकी लोकगायिका कोमल वली पोइल जान नपाए पनि एमालेमा गएर सांसद भने भएकी छन् । यसअघि एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य भैसकेकी उनले यसपटक प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक उम्मेद्वार बनेकी छन् ।
एमाले अध्यक्ष दाहिना भएपछि एमाले प्रवेश गरेको छोटो सयमयमै दोस्रोपटक सांसद बन्ने उनको ढोका खुलेको हो ।
जीवनभर राजावादी रहेकी वली एमालेमा प्रवेश गरेपछि उनले पदलाई हैन, पदले नै उनलाई पछ्याइरहेको छ । एमाले पस्नेबितितिकै राष्ट्रियसभा सदस्य बनाइएकी उनी केन्द्रीय सदस्य पनि बनिन् । राष्ट्रिय सभा सदस्यको एक कार्यकाल पूरा गर्ने बितिकै २०७९ को आम निर्वाचनमा दाङ ३ मा एमाले उमेद्वार रहेकी उनी निर्वाचनमा पराजित भएकी थिइन् ।
एमालेको ११औं महाधिवेशनमा ओली गुटबाट केन्द्रीय सदस्य बनेकी उनको नाम समानुपातिक सांसदका लागि महिला क्लस्टरको सूचीमा चढेको छ । एमाले प्रवेश गरेपछिको पछिल्लो वम्पर चिट्ठा हो यो ।
एमालेमा वर्षौेदेखि योगदान गरेका महिला नेतृहरूलाई पन्छाएर उनीहरूको लगातार भाग खोस्दै आएकी कोमल वलीको योग्यता भनेको वली दाहिना हुनु हो । नत्र उनले एकपछि अर्को मौका पाउनु पर्ने कुनै कारण छैन ।
एमाले राजनीतिमा पाआच दशक बिताएकी एक महिला नेतृ भन्छिन्, हामी 'आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधै प्यासी बनेर ' भन्ने गीत गाउँदै निरंकुश राजतन्त्रविरूद्ध आवाज बुलन्द गर्दैगर्दा कोमल वली तिनै राजाको सामु धनुष्टांकार दर्शन गर्दै 'पोइल जान पाम' भन्दै गीत गाउँथिन । अहिले उनै वलीलाई पद फालाफाल छ, हामीले एउटा मौका पनि पाएका छैनौ ।'
उनले निराश हुँदै भनिन्, चोरलाई चौतारो साधुलाई सुधी भनेको आखिर यही रहेछ ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया