बिएल संवाददाता
'पोइल जान पाम्' फेमकी लोकगायिका कोमल वली पोइल जान नपाए पनि एमालेमा गएर सांसद भने भएकी छन् । यसअघि एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य भैसकेकी उनले यसपटक प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक उम्मेद्वार बनेकी छन् ।
एमाले अध्यक्ष दाहिना भएपछि एमाले प्रवेश गरेको छोटो सयमयमै दोस्रोपटक सांसद बन्ने उनको ढोका खुलेको हो ।
जीवनभर राजावादी रहेकी वली एमालेमा प्रवेश गरेपछि उनले पदलाई हैन, पदले नै उनलाई पछ्याइरहेको छ । एमाले पस्नेबितितिकै राष्ट्रियसभा सदस्य बनाइएकी उनी केन्द्रीय सदस्य पनि बनिन् । राष्ट्रिय सभा सदस्यको एक कार्यकाल पूरा गर्ने बितिकै २०७९ को आम निर्वाचनमा दाङ ३ मा एमाले उमेद्वार रहेकी उनी निर्वाचनमा पराजित भएकी थिइन् ।
एमालेको ११औं महाधिवेशनमा ओली गुटबाट केन्द्रीय सदस्य बनेकी उनको नाम समानुपातिक सांसदका लागि महिला क्लस्टरको सूचीमा चढेको छ । एमाले प्रवेश गरेपछिको पछिल्लो वम्पर चिट्ठा हो यो ।
एमालेमा वर्षौेदेखि योगदान गरेका महिला नेतृहरूलाई पन्छाएर उनीहरूको लगातार भाग खोस्दै आएकी कोमल वलीको योग्यता भनेको वली दाहिना हुनु हो । नत्र उनले एकपछि अर्को मौका पाउनु पर्ने कुनै कारण छैन ।
एमाले राजनीतिमा पाआच दशक बिताएकी एक महिला नेतृ भन्छिन्, हामी 'आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधै प्यासी बनेर ' भन्ने गीत गाउँदै निरंकुश राजतन्त्रविरूद्ध आवाज बुलन्द गर्दैगर्दा कोमल वली तिनै राजाको सामु धनुष्टांकार दर्शन गर्दै 'पोइल जान पाम' भन्दै गीत गाउँथिन । अहिले उनै वलीलाई पद फालाफाल छ, हामीले एउटा मौका पनि पाएका छैनौ ।'
उनले निराश हुँदै भनिन्, चोरलाई चौतारो साधुलाई सुधी भनेको आखिर यही रहेछ ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया