प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भू-भाग भएकाले यस भूखण्डको कला-साहित्य-संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मेलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे।
प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए। यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह पनि गरे।
चैत ३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरूको सहभागिता छ। नेपाल बाहिरबाट ५८ जनाको सहभागिता छ।
बिएल संवाददाता
- काठमाडौं