सोमबार, ०५ जनवरी २०२६

दिल्ली उड्नुअघि प्रचण्डले भेटे ओली, २५ मिनेट एक्लाएक्लै कुराकानी

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले दिल्ली उड्नुअघि एमाले अध्यक्ष केपी ओलीसँग एकल वार्ता गरेका छन्।

ललितपुरको च्यासलस्थित एक व्यक्तिको घरमा दुई नेताबीच २५ मिनेट भेटवार्ता भएको हो। संयोजक प्रचण्ड आजै साँझ भारतको राजधानी जाँदैछन्।

भेटमा समसामयिक राजनीति, चुनावी वातावरण निर्माण, राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहकार्यको सम्भावनाबारे खुलेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार शनिबार नै दुई नेताबीच भेटवार्ताको समय तय भएको थियो तर, पूर्वी नेपालको भ्रणमा रहेका प्रचण्ड काठमाडौं फर्किन ढिला भएपछि आइतबार बिहान भेटवार्ता भएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!