बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेलाई ३० लाखमा समानुपातिक कोटा बेचेको आरोप लागेको छ । यो आरोप उनका आलोचकले हैन, रास्वपाकै एक केन्द्रीय सदस्यले लगाएका हुन् । रविलाई सहकारी ठगीको बिगोका लागि तीस लाख चन्दा दिएका चितवनका डा. मनोहर प्रधानलाई समानुपातिक उम्मेद्वार बनाएपछि यस्तो गम्भीर आरोप लागेको हो ।
रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीको आदिबासी जनजाति क्लस्टर तर्फबाट चौथो नम्बरमा रहेका प्रधान रास्वपाले सञ्चालन गरेको प्राइमरी इलेक्सनमा ८ हजार २ सय ९२ मत पाएर १७औं भएका थिए । तर, उनै सत्रौ नम्बरका प्रधान ३० लाखका कारण समानुपातिक सूचीमा परे भने सोही क्लस्टरमा १६ हजार १२ मत ल्याएर पहिलो भएका उत्तम बहादुर गुरूङ सूचीमै पारिएनन् ।
रविको गृहजिल्ला चितवनका प्रधान पेशाले चिकित्सक हुन् । उनी रास्वपाभन्दा पनि रविका फ्यान हुन् । रविलाई भगवान भन्दै उनका लागि जे पनि गर्न तयार प्रधानले रविलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा आवश्यक २ करोड ७४ लाख ८४ हजार रकममध्ये तीस लाखको व्यक्तिगत चेक दिएका थिए ।
मेरिटोक्रेसीको चर्को वकालत गर्ने रविको पार्टीमा सत्रौं स्थानमा रहेको प्रधान सूचीमा पर्दा नम्बरमा रहेका गुरूङ आउट भएका छन् । यसको कारण खोज्दै जाँदा ‘ रविलाई ३० लाख दिएका, समानुपातिकमा परेका’ भन्दा अरू केही हैन ।
नेपालमा समानुपातिक सांसद भनेको सिमान्तकृत, पछाडि परेका र प्रत्यक्ष चुनावबाट चुनिन नसक्ने अवस्थाका जनताको प्रतिनिधित्व गराउन ल्याइएको समुन्नत व्यवस्था हो । तर, यसलाई नेताहरूका आफन्त र पैसावालहरूको कोटा बनाइएको छ । पुरानाले त्यही गरेर बदनाम गरेको यो लोकतान्त्त्रिक व्यवस्थापनलाई नयाँ भनिने रास्वपाले देखादेख कारोबार नै गरेको छ ।
रवि लामिछानेले अदालतमा बिगो जमानत बुझाएको ३० लाखको लिखत त्यसैको ज्यूँदोजाग्दो प्रमाण हो
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया