बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेलाई ३० लाखमा समानुपातिक कोटा बेचेको आरोप लागेको छ । यो आरोप उनका आलोचकले हैन, रास्वपाकै एक केन्द्रीय सदस्यले लगाएका हुन् । रविलाई सहकारी ठगीको बिगोका लागि तीस लाख चन्दा दिएका चितवनका डा. मनोहर प्रधानलाई समानुपातिक उम्मेद्वार बनाएपछि यस्तो गम्भीर आरोप लागेको हो ।
रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीको आदिबासी जनजाति क्लस्टर तर्फबाट चौथो नम्बरमा रहेका प्रधान रास्वपाले सञ्चालन गरेको प्राइमरी इलेक्सनमा ८ हजार २ सय ९२ मत पाएर १७औं भएका थिए । तर, उनै सत्रौ नम्बरका प्रधान ३० लाखका कारण समानुपातिक सूचीमा परे भने सोही क्लस्टरमा १६ हजार १२ मत ल्याएर पहिलो भएका उत्तम बहादुर गुरूङ सूचीमै पारिएनन् ।
रविको गृहजिल्ला चितवनका प्रधान पेशाले चिकित्सक हुन् । उनी रास्वपाभन्दा पनि रविका फ्यान हुन् । रविलाई भगवान भन्दै उनका लागि जे पनि गर्न तयार प्रधानले रविलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा आवश्यक २ करोड ७४ लाख ८४ हजार रकममध्ये तीस लाखको व्यक्तिगत चेक दिएका थिए ।
मेरिटोक्रेसीको चर्को वकालत गर्ने रविको पार्टीमा सत्रौं स्थानमा रहेको प्रधान सूचीमा पर्दा नम्बरमा रहेका गुरूङ आउट भएका छन् । यसको कारण खोज्दै जाँदा ‘ रविलाई ३० लाख दिएका, समानुपातिकमा परेका’ भन्दा अरू केही हैन ।
नेपालमा समानुपातिक सांसद भनेको सिमान्तकृत, पछाडि परेका र प्रत्यक्ष चुनावबाट चुनिन नसक्ने अवस्थाका जनताको प्रतिनिधित्व गराउन ल्याइएको समुन्नत व्यवस्था हो । तर, यसलाई नेताहरूका आफन्त र पैसावालहरूको कोटा बनाइएको छ । पुरानाले त्यही गरेर बदनाम गरेको यो लोकतान्त्त्रिक व्यवस्थापनलाई नयाँ भनिने रास्वपाले देखादेख कारोबार नै गरेको छ ।
रवि लामिछानेले अदालतमा बिगो जमानत बुझाएको ३० लाखको लिखत त्यसैको ज्यूँदोजाग्दो प्रमाण हो
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया