
दमकमा मेयर राम थापाको ‘हैकमवाद’, नगरपालिकाको सेवामा हस्तक्षेप
मेयरको हैकमबाट आजित एक सेवाग्राही भन्छन्, ‘नगरबासीलाई जस्तोसुकै समस्या परेपनि एम्बुलेन्स र शव वाहनको सेवा लिन मेयरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ। सम्बन्धित सेवाप्रदायक कर्मचारी वा नगरपालिकाका हाकिम वा अन्य कोही पनि जनप्रतिनिधिले एम्बुलेन्स र शवबाहन पठाउन सक्दैनन्।’ दमक नगरबासीहरूले यसलाई ‘राम राज्य’को हद बताउँने गरेका छन्। मेयर थापाले निर्वाचनमा एमाले बाहेक पाँच दलको गठबन्धनबाट उम्मेदवार भएर कांग्रेस, माओवादी केन्द्रलगायत दलका कार्यकर्ताहरूको समेत सक्रियतामा निर्वाचन जितेका थिए।

बिएल संवाददाता - दमक