बिएल संवाददाता
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीको एक नम्बर उपसभापतिमा सहमति गरेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले मन्त्रीबाट राजीनामा लगत्तै रास्वपाको सभापतिमा दाबी गरेपछि एकता भाँडिएको छ।
यसअघिका लगातारको वार्ता सकारात्मक रहे पनि कुलमान सरकारबाट बाहिरिएपछि भने माहोल भाँडिएको एकता संवाद समितिमा रहेका रास्वपाका एक नेताले बताए।
उनका अनुसार कुलमानले सभापति नपाए उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने धम्की दिएका थिए। रास्वपाले उनको प्रस्ताव ठाडै अस्वीकार गरेपछि उनले वरिष्ठ उपसभापतिसहित एक महामन्त्री पाउनुपर्ने अडान लिए। तर, सभापति रवि लामिछाने पछि पहिलो बरियताको उपसभापति दिएको रास्वपाले वरिष्ठ उपसभापति पनि अस्वीकार गरेपछि एकता भाँडिएको हो।
वार्तामा सहभागी रास्वपा नेताहरूका अनुसार कुलमान घिसिङ यसअघि पहिलो बरियताका उपसभापति, एक सहमहामन्त्री, २५ प्रतिशत केन्द्रीय समिति सदस्य, पार्टीको नाम र चुनाव चिन्हमा सहमत थिए।
‘हुँदाहुँदा सभापति नै माग्नु भयो। के खालको मान्छे होला? फेरि वरिष्ठ उपसभापति माग्न थाल्नुभयो, महामन्त्री पनि थप्नुपर्छ भन्न थाल्नुभयो। मागमाथि माग कसरी पूरा हुन्छ?’ ती नेताले भने, ‘हुँदाहुँदा केन्द्रीय समितिमै ४० प्रतिशत भाग खोज्न थाल्नुभयो। समानुपातिक संशोधन गरेर आफ्नो कोटाका उम्मेदवारहरूलाई १ नम्बर र २ नम्बरमा राख्नुपर्ने उहाँहरूको प्रस्ताव थियो।’
पटकपटक वार्तामा सहभागी रास्वपा नेताका अनुसार कुलमानले सिफारिस गरेका समानुपातिक उम्मेदवारले पार्टी नै बदनाम हुनुपरेको भन्दै भाञ्जा र ससुराको नाम फिर्ता लिन आग्रह गरिएको थियो। तर, कुलमान त्यसमा पनि सकारात्मक देखिएनन्।
यता पार्टीको नाम नै फेर्नुपर्ने माग कुलमान पक्षले अघि सारेपछि रास्वपा थप सशंकित बनेको छ। कुलमानले ‘कि घण्टीमा चिम झुन्ड्याउनुपर्ने, नभए रास्वपामा उज्यालो हाल्नुपर्ने’ माग गरेका छन्।
ती नेता भन्छन्, ‘एक नम्बरको उपसभापति दिइएकै छ। हुँदा हुँदा ‘कि घण्टीमा चिम झुन्ड्याउनुपर्ने, नभए रास्वपामा उज्यालो हाल्नुपर्ने’ माग गर्नुभयो। रास्वपा पार्टीको नाम, चुनाव चिह्न र सभापतिमा कुनै हालतमा सम्झौता गर्दैन। बरु उहाँहरूले एकता भाँडिएको घोषणा गरे हुन्छ।’
कुलमानसँग लगातार छलफलमा रहेका नेताका अनुसार एकढिक्का भएर नगए पुरानै दलहरूको वर्चस्व कामय हुने र सभापति रवि लामिछानेलाई जस्तै कुलमानलाई पनि प्रतिशोध साँधिने स्मरण गराएका थिए। त्यस क्रममा कुलमानविरुद्ध चर्चामा रहेका विभिन्न भ्रष्टाचारका आरोपहरूबारे पनि रास्वपा नेताहरूले सम्झाएका थिए।
त्यस क्रममा कुलमानले झोंक्किँदै ‘बरु कांग्रेस, एमालेले भ्रष्टाचारको मुद्धा लगाए जेल जान तयार रहेको तर, आफ्नो पार्टीको अस्तित्व नै समाप्त पारेर रास्वपा स्वीकार्न नसक्ने’ बताएका रास्वपा नेताहरू बताउँछन्।
अन्तिमसम्म पनि रास्वपा नेताहरूले एकता जोगाउन हदैसम्मको लचकता देखाए पनि कुलमान आफ्नै अडानमा अडिग रहेपछि एकताको यात्रा लगभग टुंगिएको संवाद समितिमा रहेका रास्वपा नेताहरूले घोषणा गरेका छन्।
अन्तिममा पनि रास्वपा नेताहरूले एकढिक्का भएरै अघि बढ्न आग्रह गर्दै एकताको प्रयास जारी राख्न भनेका छन्।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया