बिएल संवाददाता
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीको एक नम्बर उपसभापतिमा सहमति गरेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले मन्त्रीबाट राजीनामा लगत्तै रास्वपाको सभापतिमा दाबी गरेपछि एकता भाँडिएको छ।
यसअघिका लगातारको वार्ता सकारात्मक रहे पनि कुलमान सरकारबाट बाहिरिएपछि भने माहोल भाँडिएको एकता संवाद समितिमा रहेका रास्वपाका एक नेताले बताए।
उनका अनुसार कुलमानले सभापति नपाए उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने धम्की दिएका थिए। रास्वपाले उनको प्रस्ताव ठाडै अस्वीकार गरेपछि उनले वरिष्ठ उपसभापतिसहित एक महामन्त्री पाउनुपर्ने अडान लिए। तर, सभापति रवि लामिछाने पछि पहिलो बरियताको उपसभापति दिएको रास्वपाले वरिष्ठ उपसभापति पनि अस्वीकार गरेपछि एकता भाँडिएको हो।
वार्तामा सहभागी रास्वपा नेताहरूका अनुसार कुलमान घिसिङ यसअघि पहिलो बरियताका उपसभापति, एक सहमहामन्त्री, २५ प्रतिशत केन्द्रीय समिति सदस्य, पार्टीको नाम र चुनाव चिन्हमा सहमत थिए।
‘हुँदाहुँदा सभापति नै माग्नु भयो। के खालको मान्छे होला? फेरि वरिष्ठ उपसभापति माग्न थाल्नुभयो, महामन्त्री पनि थप्नुपर्छ भन्न थाल्नुभयो। मागमाथि माग कसरी पूरा हुन्छ?’ ती नेताले भने, ‘हुँदाहुँदा केन्द्रीय समितिमै ४० प्रतिशत भाग खोज्न थाल्नुभयो। समानुपातिक संशोधन गरेर आफ्नो कोटाका उम्मेदवारहरूलाई १ नम्बर र २ नम्बरमा राख्नुपर्ने उहाँहरूको प्रस्ताव थियो।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया