बिएल संवाददाता
नेपाली काँग्रेसले पार्टीका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। शुक्रबार राति दाहालको निधन भएको थियो। उनको निधनपछि शनिबार बिहानै काँग्रेसले केन्द्रीय समितिको आकष्मिक बैठक बोलाएको थियो।
नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाली काँग्रेसबाट २०६१ सालमा कृषि तथा सहकारीमन्त्री भएका थिए।
उनको निधनपछि नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा निकाल्ने भनेको र्याली तथा प्रदर्शन र अरु सबै कार्यक्रमहरू स्थगित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आइतबार भृकुटीमण्डपमा सुरु हुँदैछ। त्यसमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्।
सोही महाधिवेशनको सन्देश दिनका लागि आज दिउँसो पदयात्रा आयोजना गरिएको थियो। तर दाहालको निधनपछि शोक बक्तब्य जारी गर्दै विशेष महाधिवेशन पक्षधरले सबै कार्यक्रमहरू स्थगित गरेको जानकारी दिएको हो। यद्यपि दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै आइतबार विशेष महाधिवेशन उद्घाटन गरिने पनि बताइएको छ।
स्व.दाहालप्रति शोकप्रस्ताव पारित गर्न शनिबार बिहानै बोलाइएको केन्द्रीय समितिको बैठकमा महामन्त्रीहरू थापा र शर्मा भने उपस्थित भएनन्।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया