घनश्याम भुसाल
नेपाली काँग्रेस काँग्रेसीहरूकै हुनुपर्थ्यो। कम्युनिष्ट पार्टी कम्युनिष्टहरूकै हुनुपर्थ्यो। तर लामो समयदेखि नेपाली काँग्रेस काँग्रेसीहरू भन्दा कमरेड ओली, प्रचण्ड र फेरि प्रधानमन्त्री/राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरूलाई चाहिएको छ।
कम्युनिष्ट पार्टी एमालेहरू र माओवादीहरूको भन्दा बढी श्रीमान् देउवा र उहाँको गुटका मानिसहरूको ज्युनीजस्तो भएको छ। कम्युनिष्ट पार्टीका नीतिहरूमा श्री देउवाजीको प्रभाव बढि हुन्छ।
नेपाली काँग्रेस ले के गर्नुपर्छ भन्ने कुरा कमरेड ओली वा प्रचण्डहरूको स्वार्थबाट प्रभावित हुन्छ। अर्थात्, नेपालको राजनीति कम्युनिष्ट र काँग्रेसी नेताहरूको अन्तरपार्टी सिण्डिकेटको कब्जामा छ। र, के कुरा प्रमाणिकरुपमा भन्न सकिन्छ भने कम्युनिष्ट र काँग्रेस भएर जति झगडा गरे पनि खास ठाउँमा त्यस सिण्डिकेटले सबैलाई एकै ठाउँमा ल्याउँछ। त्यस सिण्डिकेटको एकमात्र ध्येय सत्ता दोहन हो, राज्य दोहन हो। त्यस सिण्डिकेटलाई मैले करिब २५ वर्षदेखि दलाल पुँजीवाद भन्दै आएको छु। आफ्नै पार्टीभित्र कसैलाई नसहने तिनीहरू अर्को पार्टीका नेतासँग कसरी मिलिजुली बस्छन् र बाँडीचुँडी खान्छन् भन्ने कुरा हामीले भोग्दै आएका छौँ। हरिवंश राय बच्चनले ‘मधुशाला’ मा लेखेका थिए :
मुसलमान और हिन्दु हैं दो,
एक, मगर, उनका प्याला...
बैर बढाते मस्जिद मन्दिर
मेल कराती मधुशाला !!
नेपाली राजनीतिमा दलाल पुँजीवाद वा बिचौलियातन्त्रले मधुशालाले जस्तै कम्युनिष्ट र काँग्रेस नामका विधर्मीहरूलाई एक ठाउँमा राख्दै आएको छ।
गगन थापा र विश्वप्रकाशहरूको नेतृत्वमा हुने नेपाली काँग्रेस को विशेष महाधिवेशन उनीहरूकै मामिला हो। तर त्यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सक्यो भने नेपाली राजनीतिको आजको गतिरोध तोड्न असाधारण योगदान गर्नेछ।
त्यसले नेपाली काँग्रेसलाई काँग्रेसीहरूको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरूकै हुन कर लाग्छ। बीच सडकमा दिन दहाडै भैरहेको तथाकथित विचारहरूको खुलेआम खरिदबिक्री रोकिने छ। त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ। कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ। शुभकामना !
(नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता घनश्याम भूसालले आफ्नाे सामाजिक सञ्जालमा ब्यक्त गरेकाे विचार)
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया