‘भ्रष्टाचारी ठहर’ सभापतिलाई देउवाले बर्खास्त नगरेपछि नेताहरूले घेरे कांग्रेस मुख्यालय
सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ। आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण?’ भन्दै नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन्। कांग्रेस सर्लाहीले ‘सभापति, पदाधिकारीज्यू नेपाली कांग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) वारे अनविज्ञ किन?, कांग्रेसजनको प्रश्न भ्रष्टाचारीलाई कारवाही कि संरक्षण?, सभापति, महामन्त्री र पदाधिकारीज्यू पार्टी भित्रका भ्रष्टाचारीलाई संरक्षण कहिलेसम्म?’ लेखिएका ब्यानरसहित पार्टी कार्यालय सानेपा पुगेर प्रदर्शन गरेको हो।
बिएल संवाददाता - काठमाडौं