बिएल संवाददाता
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस सभापति पदमा महामन्त्री गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाबाहेक अरु कसैको उम्मेदवारी नपरेको हो। कसैको उम्मेदवारी नपरेपछि महामन्त्री थापा स्वतः सभापति निर्वाचित हुनेछन्।
यता संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधर लगातार वार्तामा छ। बुधबार बिहान माहामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले देउवासँग निर्णायक वार्ता गरेका थिए। तर वार्ता निष्कर्षविहिन बनेको छ।
यतिबेला महामन्त्रीद्वय विशेष महाधिवेशनबाट निर्वाचिन हुने अन्तरिम कार्यसमितिको वैधानिकताबारे कानुनविद्हरूसँग परामर्शमा रहेको बुझिएको छ।
उम्मेदवार मनोनयनको समय सकिसकेकोले निर्वाचन आयोगले दिउँसो १ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ।
संस्थापनसँग कुरा नमिले विशेष महाधिवेशनले गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया