बिएल संवाददाता
कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा समूहले आफूलाई पार्टीबाट निष्कासन गर्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।
कारबाही परेलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै थापाले रुख र चारतारे झन्डा आफूहरूसँगै रहेकाले विशेष महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएको दाबी गरे।
उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताए। उनले अब महाधिवेशन निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए।
‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ। नागरिकले सुनिरहेका छन्। देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन्। यो हो नेपाली कांग्रेस।’
थापाले दुई दिनपछि नयाँ कांग्रेस लिएर निष्क्रिय सभापति देउवासँग आशीर्वाद लिन जाने बताए।
विशेष महाधिवेशनले गगन–विश्वप्रकाशसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि देउवा गुटको कार्यसमितिले गरेको कारबाहीको निर्णय खारेज गरेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया