फलमा बोल्दै बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए। उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए।
उनले भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ। जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ। वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन्। त्यसैले यस विषयमा सोचौं। मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ। त्यसका विषयमा पनि सोचौं। र तेस्रो कुरा व्यवसायिक किसानहरूको पेरिफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं। नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि।’
बिएल संवाददाता
- काठमाडौं