
काठमाडौं आइपुगे प्रचण्ड, खुमलटारमा भेला हुँदै माओवादी नेताहरू
पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएपछि माओवादीले जागरण अभियान नै स्थगित गरेर सबै नेताहरूलाई काठमाडौं निर्देशन दिएको थियो। कार्यक्रम स्थगित गरेर आज बस्ने भनिएको माओवादी पदाधिकारी बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको एक नेताले बताए। उनका अनुसार सबै नेताहरू काठमाडौं आइनपुगेकाले बैठक भोलिका लागि सारिएको हो। पदाधिकारी बैठक सरेपनि भएपनि पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंमा उपलब्ध नेताहरूलाई आजै खुमलटारमा जमघटका लागि बोलाएका स्रोतले बतायो।

बिएल संवाददाता - काठमाडौं