बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले हिजो आफूलाई झापाबाट फर्किँदा विमानस्थलमा सुन तस्कर झैँ चेकिङ गरेर हैरान पारेको गुनासो गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एयरपोर्टमा आफूलाई हेपेको गुनासो गरेका हुन्।
उनले भने, ‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे।’
अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको दाबी गर्दै अझै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए।
ओलीले भने, ‘हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया