शनिबार, २४ जनवरी २०२६

ओलीको गुनासोः झापाबाट फर्किँदा एयरपोर्टमा सुन तस्कर झैं चेकिङ गरेर हैरान पारियो

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले हिजो आफूलाई झापाबाट फर्किँदा विमानस्थलमा सुन तस्कर झैँ चेकिङ गरेर हैरान पारेको गुनासो गरेका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एयरपोर्टमा आफूलाई हेपेको गुनासो गरेका हुन्।

उनले भने, ‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे।’

अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको दाबी गर्दै अझै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए। 

ओलीले भने, ‘हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!