बिएल संवाददाता
पटक-पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानका क्रममा धेरै विवादास्पद अभिव्यक्तिहरू दिन थालेका छन्।
खासगरी आफ्ना चुनावी प्रतिद्वन्द्वी बालेन शाहलाई लक्षित गर्दै ओलीले क्षेत्रीय तथा साम्प्रदायिक द्वेषयुक्त अभिव्यक्तिहरू दोहोर्याउन थालेका हुन्।
अहिले चुनावी क्षेत्रमै रहेका ओलीले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेका छन् र सोहीक्रममा कान्तिपुर टेलिभिजनको युट्यूब च्यानलबाट प्रशारित भिडिओ कुराकानीका क्रममा उनले बोलेको एउटा क्लीप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। झापा क्षेत्र नं ५ आफ्ना प्रतिष्पर्धी उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै उनले तराई मधेसका जिल्लाहरू र आफ्नो गृहजिल्ला झापाबीच तुलना गरेका छन्।
‘यो (झापाको दमक नगरपालिका) महोत्तरी-धनुषाजस्तो अवस्थामा छैन। यो सफा नगरहरूमध्येमा पर्छ। तीभन्दा धेरै एड्भान्स छ। यहाँ सफासुग्घर बेग्लै छ…’ उनले त्यो क्लीपमा भनेका छन् ‘उहाँ त्यो कल्चरबाट आएको मान्छे। यो कल्चरमा… उहाँले खै यहाँ गुँइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन…।’
बालेनको पुर्ख्यौली घर महोत्तरी जिल्लामा पर्छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनका लागि झापा ५ मा उम्मेदवारी दर्ता गराउनुअघि बालेन जनकपुर पुगेर पहिलो चुनावीसभालाई सम्बोधन गरेका थिए।
ओली र बालेनको मुख्य प्रतिष्पर्धा रहेको झापा ५ यसपालि चुनावी माहोलको ‘इपिसेन्टर’जस्तै बनेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया